काठमाण्डाै – ललितपुरको वाग्मती गाउँपालिका–६ आश्राङ र ७ गिम्दीको शुभाने खोलाले बगाउँदा एक महिलाको ज्यान गएको छ । एक बालिका बेपत्ता भएकी छिन् ।
स्थानीय ४० वर्षीया सञ्जु सिङतानको ज्यान गएको वडा ७ का वडाध्यक्ष नवराज सञ्जेल जानकारी दिनुभयो । त्यस्तै आठ वर्षीया बालिका बेपत्ता भएकी र उनको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त चापागाउँका प्रहरी निरीक्षक राजेन्द्र क्षेत्रीले जानकारी दिनुभयो ।
हिजो बेलुका नदीले बगाएको खबर पाएलगत्तै प्रहरी टोली खटिएको पनि उहाँले बताउनुभयो ।
