Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

घटनाको छानविन गर्न उच्च स्तरीय टोली रौतहटमा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 27, 2021
[webverse_shares]

 

मेवालाल यादव, रौतहट।

प्रहरी संगठनलाइ नै कलंकित बनाउने गरि रौतहटमा भएको घटनाको सम्वन्धमा छानविन गर्न उच्च स्तरीय टोली रौतहटमा आइ पुगेको छ ।
गएको साउन ३२ गते राति करिव ८ बजेको समयमा नेपाल प्रहरी को उच्च अधिकारीहरुको निर्देशनमा समाचारको रिस साधनको लागि प्रतिवन्धित लागु औषध मोटर साइकलमा हालेर पत्रकार फसाउने कार्यको सत्य तथ्य बुझ्न नेपाल सरकारका गृह मन्त्रालयले गठन गरेको उच्च स्तरीय छानविन टोली , नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयको उच्च स्तरीय टोली र राष्ट्रिय मानव अधिकार आयोगको टोली सदरमुकाम गौर पुगेर घटनाको विषयमा छान विन शुरु गरेको हो ।

नेपाल पत्रकार महासंघ केन्द्रिय कार्य समितिका बरिष्ट उपाध्यक्ष रमेश विस्टको नेतृत्वमा आएको टोलीले रौतहटका पत्रकारहरु सित भेटघाट गरि घटनाको सम्वन्धमा जानकारी लिएका छन । नेपाल पत्रकार महासंघ रौतहट शाखामा भएको भेलामा टोलीले सामुहिक रुपमा छलफल गरेका हुन् ।
छलफल पछि सम्वोधन गर्दै बरिष्ठ उपाध्यक्ष विस्टले जनतालाइ सुसुचित गर्ने कलमजीवि पत्रकारलाइ राज्य पक्षबाट फसाउने कार्य निन्दनीय रहेको भन्दै घोर निन्दा गरेका छन ।

पत्रकारिता पेशामा संलग्न रहेका पत्रकारहरुले आफ्नो व्यवहार , आचरण , बानीमा सुधार ल्याउनु जरुरि रहेकोले आफ्नैबाट यस्ता घटना हुने गरेकोले सचेत भएर कार्य गर्न समेत सझाव दिए ।
रौतहटको घटनाले पत्रकार प्रतिको सुरक्षा चुनौती थपिएको भन्दै घटनामा संलग्न भएकालाइ कानुनी दयारामा ल्याउन महासंघ एककदम पछि नहट्ने प्रतिवद्धता जनाए ।

पत्रकारहरुको हकहित , भौतिक सुरक्षा प्रति महासंघ गम्भीर भएकोले दोषी देखिएका जिल्ला प्रहरी कार्यालयका प्रमुख , सिनियर अधिकृत देखि जवानहरुलाई कार्यवाही गराउन प्रधानमन्त्री ,गृह मन्त्रि लगायतका सम्वन्धित निकायमा दवाव दिने बताए ।
महासचिव रोसन पुरीले पत्रकारलाइ फसाउने पत्रकारको संलग्नता देखिनु दुखद भएको टिप्पणी गरे । महासंघको गरिमामा आच पुर्याउने कार्य गर्ने पत्रकारलाइ महासंघले कार्यवाही गर्न पछि नहट्ने चेतावनी समेत दिएका छन ।

छलफलमा सहभागी भएका केन्द्रिय सदस्य शिव पुरी ,प्रदेश सदस्य शैलेन्द्र झा , जिल्ला अध्यक्ष प्रेमचन्द्र झा , जिल्ला सचिव मदन ठाकुर , पुर्व अध्यक्ष शैलेन्द्र कुमार गुप्ता ,वरिष्ठ पत्रकार विनयलाल दास ,पत्रकार प्रभात कुमार झा ,फनिदेव महत लगायतका संचारकर्मीहरुले पत्रकार मोहमद मोजिबुल्लाहलाइ लागु औषध मुद्दामा फसाउने घटनामा प्रहरी उपरीक्षक शिद्धि विक्रम शाह , प्रहरी नायव उपरीक्षक नारायण प्रसाद चिमोरियाको प्रत्यक्ष संलग्नता देखिएकोले निलम्वन मात्र नगरी कानुनी कार्यवाही गरिनु पर्ने माग गरे ।

घटनाको सजिसकर्ताहरुको बाहिर ल्याउनु पर्ने जोड दिदै दोषी जो कोहि भए कानुनी दयारामा ल्याउन केन्द्रिय टोलीले पहल गर्नु पर्ने आग्रह गरेका छन । घटनाको विषयमा छानविन गर्नको लागि एसएसपी को नेतृत्वको प्रहरीको उच्च स्तरीय टोलीले घटनाको बारेमा अनुशन्धान गर्न शुरु गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved