Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

फाइजर खोपले अमेरिकामा पायो पूर्ण अनुमति

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 26, 2021
69 shares

काठमाडौँ — अमेरिकाको ‘फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन’ (एफडीए)ले फाइजर कम्पनीले उत्पादन गरेको कोभिड-१९ विरुद्धको खोपलाई पूर्ण अनुमति प्रदान गरेको छ । अमेरिकामा पूर्ण अनुमति प्राप्त गर्ने फाइजर-बायोन्टेकको खोप पहिलो हो ।

फाइजर खोपले १६ वर्ष र सोभन्दा बढी उमेरका व्यक्तिलाई लगाउनका लागि पूर्ण अनुमति पाएको हो ।यसअघि आपतकालिन प्रयोगका लागि मात्र अनुमति पाएको यस खोपले सामेबार पूर्ण अनुमति पाएको हो ।

हालसम्म अमेरिकामा १७ करोड बढीले पूर्ण मात्राको खोप पाएका छन् । जसमध्ये ९ करोड बढीलाई फाइजरको खोप दिइएको हो । एफडीएले आफ्नो विज्ञप्तीमा भनेको छ– ‘यो अनुमतिले खोप नलगाएकालाई लगाउन प्रेरित गर्नेछ ।’ अनुमतिकालागि फाइजरले ९७ दिनअघि आवदेन दिएको थियो ।

हालसम्म अमेरिकामा अन्य दुईवटा खोपले पनि आपतकालिन प्रयोगका लागि अनुमति पाएका छन् । त्यसमा मोर्डनाले पनि १८ वर्ष र त्यसमाथि व्यक्तिलाई लगाउनका पूर्ण अनुमति प्राप्तिका लागि निवेदन दिन प्रक्रिया अगाडि बढाएको छ । जोन्सन एन्ड जोन्सनले भने पूर्ण अनुमतिका लागि कुनै प्रक्रिया अगाडि बढाएको छैन ।

अमेरिकामा हालसम्म १२ वर्ष र त्यसभन्दा माथिका लागि मात्रै खोप उपलब्ध गराइरहेको छ ।

यस्तै फाइजरले यही वर्षको सेप्टेम्बर अन्तिमसम्ममा ५ देखि ११ वर्ष उमेरसमूहका बालबालिकामा खोप परीक्षण गर्ने लक्ष्य लिएको छ । त्यसगैरी २ देखि ५ वर्ष उमेरसमूहको तथ्यांक पनि छिट्टै प्रकाशित गरिने बताएको छ ।

मार्डना र जोन्सन एन्ड जोन्सन खोपले पनि बालबालिकाका लागि खोप ल्याउने तयारी गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved