Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

गण्डकी प्रदेशका मन्त्रीहरुको सम्पत्ति : हिरा र सुनदेखि शेयर र सुन्तला बगैँचासम्म

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 26, 2021
[webverse_shares]

काठमाण्डाै – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले सम्पत्ति विवरण बुझाएका छन् । ११ जना मन्त्रीमध्ये ९ जनाले सम्पत्ति विवरण बुझाएका हुन् । युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) र कृषिमन्त्री चन्द्र बुढाले भने सम्पत्ति विवरण पेस गरेका छैनन् ।

सम्पत्ति विवरण अनुसार कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री बिन्दुकुमार थापा सबैभन्दा बढी धनी देखिनुभएको छ । उहाँको पोखराका विभिन्न ठाउँमा ६ वटा घर तथा विभिन्न ठाउँमा होटलहरु छन् । यस्तै उहाँले आफूसँग १५ तोला हिरा, ९० तोला सुन, ५० तोला चाँदी, विभिन्न १० वटा बैंक तथा वित्तीय संस्थामा झण्डै १० करोड नगद मौज्दात, साढे सात लाख कित्ता शेयर रहेको उल्लेख गर्नुभएको छ । सबै सम्पत्ति सगोलमा र विभिन्न बैंकमा ३० करोड हाराहारी ऋण रहेको पनि उहाँले उल्लेख गर्नुभएको छ ।

मन्त्रीहरु कृषि व्यवसायमा पनि संलग्न छन् । वनमन्त्री दीपक थापासँग स्याङ्जाको ८ रोपनीमा उनले सुन्तला बगैँचा छ । २५ वटा बाख्रा, ७ सय ५० बोट सुन्तला, ६ रोपनी जग्गामा नर्सरी रहेको उहाँले सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ । यस्तै स्याङ्जाको विरुवा गाउँपालिका वडा नम्बर २ मा पैतृक र खरिद गरेको जग्गा तथा पोखरा १४ मा ४० लाख रुपैयाँको जग्गा भएको उहाँले जानकारी दिनुभएको छ ।

विभिन्न बैंकमा १५ हजार नगद, ३० तोला सुन र २० तोला चाँदी रहेको उहाँले सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६१ लाख ५० हजार ऋण लिएको उहाँको भनाइ छ ।

पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मासँग बाग्लुङ रुपन्देही र चितवनमा जग्गा छ । विभिन्न बैंक तथा वित्तीय संस्थामा सवा २ लाख नगद छ । विभिन्न कम्पनीको ८५ लाखको शेयर र २ करोड ४० लाख रुपैयाँ ऋण रहेको उहाँले सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग काठमाण्डौमा १५ आना जग्गा तथा तनहुँमा साढे ६ रोपनी जमिनसहित श्रीमती लता पोखरेलको नाममा ३ आना ४ पैसामा बनेको साढे २ तले पक्की घर छ । तलब बापत बैंकमा ५ लाख रुपैयाँ बचत रहेको तथा ५ तोला सुन रहेको उहाँले उल्लेख गर्नुभएको छ । यस्तै कृषि विकास बैंकबाट २५ लाख ऋण लिएको उहाँले देखाउनुभएको छ ।

अर्थमन्त्री रामजी बरालको पोखरामा २२ मा १ रोपनी ४ आना तथा थप ७ हजार २ सय ५ वर्गमिटर पैतृक जग्गा, ४७ लाखमा किनेको थप जग्गा छ । आफूसँग १० हजारको शेयर, नगद ३ लाख र सुन ४ तोला तथा छोरा र बुहारीको नाममा २ वटा मोटरसाइकल र एउटा स्कुटर रहेको उहाँले उल्लेख गर्नुभएको छ । यस्तै ६० हजार रुपैयाँमा किनेको एउटा गाई पनि उहाँसँग छ ।

भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्कासँग पोखरा १६ दीपमा ३८२ वर्गमिटर जग्गा र पक्की घर छ । श्रीमती कमला खड्काको नाममा पोखरा ३३ मा २२२ वर्गमिटर जग्गा छ । आफूसँग एक करोड ३२ हजार नगद र ५६ लाख ५० हजारको शेयर रहेको उहाँले सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ । यस्तै ९५ तोला सुन र ४३ लाखको गाडी पनि छ ।

ऊर्जामन्त्री हरिशरण आचार्यले आफूसँग बुबाको नाममा गोरखा पालुङटारमा जग्गा, ८ तोला सुन र ५ तोला चाँदी रहेको उल्लेख गर्नुभएको छ । विभिन्न बैंकमा ५० हजार नगद छ भने कृषि विकास बैंक र प्रभु बैंकबाट ५० लाख ऋण लिनुभएको छ ।

स्वास्थ्यमन्त्री मधुमाया अधिकारीले आफूसँग लमजुङ, चितवन र मकवानपुरमा जग्गा रहेको उल्लेख गर्नुभएको छ । यस्तै ३ तोला सुन, विभिन्न बैंकमा ८ लाख ६० हजार नगद र एउटा स्कुटर रहेका सम्पत्ति विवरणमा देखाउनुभएको छ ।

शिक्षामन्त्री मेखलाल श्रेष्ठले आफूसँग १५ लाख नगद, १ किलो १९ तोला सुन, ७ किलो २ तोला चाँदी र एउटा हिराको औँठी रहेको उल्लेख गर्नुभएको छ । स्याङ्जा र काठमाण्डौमा दुईवटा घर तथा काठमाण्डौ, पोखरा र स्याङ्जाका विभिन्न ठाउँमा जग्गा रहेको जानकारी दिनुभएको छ । उहाँको ८ करोड रुपैयाँ ऋण पनि छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved