विराटनगर । नेपालको बदलिदो राजनितिक अबस्थाको कारण बिभिन्न प्रदेशमा सरकार परिबर्तन हुने क्रम जारी भएका बेला प्रदेश नं. १ मा भने नेकपा (एमाले) ले सरकार जोगाउनका लागि भिम आचार्यलाई मूख्यमन्त्री बनाउने तयारी गरेकाे बुझिएको छ ।
नेकपा एमाले फुट अघि माधब नेपाल खेमामा देखिएका आचार्यले फुटलाई साथ नदिइ एकताको पक्षमा देखिएपछी नेकपा एमालेले प्रदेश नं. १ को मूख्यमन्त्रीको लागि अघि सारेको हो ।
आजै बिहान ११ः०० बजे बस्ने प्रदेश १ संसदीय दलको बैठकमा मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईले राजीनामा दिने तयारी रहेको बुझिएको छ ।
मुख्यमन्त्री राईको राजीनामापछि एमाले सचिव भीम आचार्यलाई संसदीय दलको नेता चयन गरी मुख्यमन्त्री बनाउने तयारी गरिएको छ ।
वर्तमान मुख्यमन्त्री शेरधन राईकै प्रस्तावमा आचार्यलाई आजै मुख्यमन्त्री नियुक्त गरी शपथ गराउने तयारी भइरहेको छ ।
