Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

‘इस्लामिक अतिवादी’ विरुद्ध पुटिनको आक्रामक रणनीति, अफगानिस्तानबाट अतिवाद फैलनसक्नेमा शतर्क

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 24, 2021
30 shares

एजेन्सी, ८ भदौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अफगानिस्तान तालिवानको नियन्त्रणमा आएपछि इस्लामिक अतिवादीलाई किनारा लगाउने रणनीति खुलाएका छन् । उनले पूर्व सोभियत संघका केही देशका नेताहरुसँग भर्चुअल सम्मेलनमार्फत् अतिवादी इस्लाम फैलिएर अशान्ति मच्चिनसक्ने खतरातर्फ सचेत हुनुपर्नेमा समेत जोड दिएका छन् ।

सोमबार कलेक्टिम सेक्युरिटी ट्रिटी अर्गनाइजेशन सीएसटीओलाई सम्बोधन गर्दै पुटिनले तालिवानले अफगानिस्तान कब्जा गरेपछि इस्लामिक अतिवादीहरुलाई किनारा लगाउनुपर्ने बताएकोे विषय क्रेमलिनले सार्वजनिक गरेको छ । सीएसटीओको आकस्मिक सम्मेलनमा अफगानिस्तानसँग सीमा जोडिएका ताजिकिस्तानका अलावा काजकस्तान, किर्गिजस्तान, आर्मेनिया र बेलारुसका नेताहरु सहभागी थिए ।

रुस अतिवादी इस्लामिक संगठन आइसिलप्रति गम्भीर देखिएको छ । आइसिल शक्तिशाली बन्नसक्ने चिन्ता देखिन्छ । विगतमा इस्लामिक अतिवादीहरुसँग रुसले चेचेनियालगायतका क्षेत्रमा चुनौती भोगेको थियो । मस्कोसम्म आतंकवादी हमलाहरु भएका थिए ।

अहिले आइसिल अफगानिस्तानमा जरा गाडिरहेको छ । उनीहरु अफगानिस्तानभर तालिवान जसरी फैलन सक्ने खतरा छ । यसकारण पनि पूर्वी सोभियत संघबाट टुक्रिएर बनेका देशहरु र रुससहितका ६ राष्ट्रका नेताले छलफल गरेका छन् ।

तालिवानले पन्जसिर उपत्यकालाई घेरा हालेपछि पुटिनको अभिव्यक्ति क्रेमलिनमार्फत् आएको हो । अफगानिस्तानका ३४ प्रान्तमध्ये पन्जसिर मात्र तालिवानको नियन्त्रण बाहिर छ । त्यहाँ तालिवान विरोधीहरु जम्मा भएका छन् । जसमा आफैलाई अफगानिस्तानको राष्ट्रपति घोषणा गर्ने हालका उपराष्ट्रपति अमरुल्लाह सलेह, तालिवानले सन् २००१ मा हत्या गरेका युद्धसरदार अहमद साह मसुदका छोरा अहमद मसुद समेत छन् ।

यसैगरी, पुटिनले अफगानिस्तानको छिमेकी देशहरुमा शरणार्थीको भेषमा आतंकवादी पस्न सक्ने विषय समेत उठाएका छन् । उनले मध्य एशियाको शान्ति खलबलिनेमा चासो देखाएका छन् । मध्य एशियाका पूर्वी सोभियत राष्ट्रहरुमा अफगानिस्तानको घटनाले नकारात्मक प्रभाव परेमा रुसलाई असर पर्नेमा पुटिन सतर्क भएका हुन् ।

२०औं शताब्दीमा सोभियत संघले अफगानिस्तानमा प्रभाव मात्र बनाएको थिएन सैनिक हस्तक्षेप गरेर आफू अनुकूलको सत्ता चलाएको थियो । तर, मुजाहिद्दीनले शक्ति सञ्चय गरी सोभियत फौजलाई रुसबाट फर्कन वाध्य पारेका थिए । अफगानिस्तानको घटनाले रुसलाई लामो समय असर पारेको थियो । यसपटक पनि मध्य एशियाली देशहरुमा पर्नसक्ने प्रभावले पुटिन चिन्तित देखिएका हुन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved