Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

लागुऔषधमा पत्रकार फसाउने दुई प्रहरी निलम्बित, पक्राउ परेका पत्रकार मुजिबुल्लाह रिहा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 24, 2021
24 shares
रौतहट । लागुऔषध प्रयोग गरी पत्रकारलाई सुनियोजित तवरले फसाउन खोज्ने दुई प्रहरी निलम्बनमा परेका छन् । जिल्ला प्रहरी कार्यलय रौतहटमा कार्यरत असइ उदय यादव र प्रहरी जवान मनोज साह निलम्बनमा परेका हुन् । असइ यादव र प्रहरी जवान जिप्रका रौतहटका घुमुवा हुन् । उनीहरूको प्रत्यक्ष संलग्नतामा पत्रकार मोहम्मद मोजिबुल्लाहको मोटरसाइकलमा लागुऔषध लुकाई पत्रकारलाई पक्राउ गरिएको थियो । यसका लागि उनीहरूले स्थानीय युवा धीरज यादव र जितेशकुमार यादवलाई प्रयोग गरी मोटरसाइकलमा ‘नाइट्राभेट’ नामक लागुऔषध राख्न लगाएका थिए ।
प्रहरीले घटनामा संलग्न धीरज र जितेशकुमारलाई पनि पक्राउ गरेको छ । उनीहरूविरुद्ध अनुसन्धानका लागि ६ दिनको म्यादसमेत थप भएको छ । प्रदेश २ को प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी उमेश रञ्जितकारले घटनामा संलग्न दुई प्रहरीमाथि पनि अनुसन्धान गर्नुपर्ने भएकाले निलम्बन गरिएको बताए । ‘लागुऔषधसहित पत्रकार पक्राउ परेको घटनामा हामीले अनुसन्धान ग¥यौँ । यही क्रममा सिसिटिभी फुटेजको अध्ययन पनि भयो । फुटेजमा दुई प्रहरी पनि सहभागी भएको देखिएपछि दुवैलाई निलम्बन गरेका छौँ, अब निष्पक्ष छानबिन हुन्छ ।
दोषीमाथि कारबाही हुन्छ,’ उनले भने । असइ उदय र प्रहरी जवान मनोजको निर्देशनमा धीरज र जितेशकुमारले ३२ साउनमा स्थानीय होटेलअगाडि पार्क गरी राखेको मोजिबुल्लाहको मोटरसाइकलमा लागुऔषध राखेका थिए । मोजिबुल्लाह भने होटेलभित्र खाजा खान छिरेका थिए । लागुऔषध राखेलगत्तै उनीहरूले नै प्रहरीलाई खबर गरेका थिए । घटनाको पाँच दिनपछि होटेलको सिसिटिभी फुटेज सार्वजनिक भएपछि मात्र प्रहरीकै मिलेमतोमा मोजिबुल्लाहलाई फसाइएको तथ्य सार्वजनिक भएको थियो ।
पत्रकार मुजिबुल्लाह रिहा चौतर्फी दबाबपछि लागुऔषध कारोबारको अभियोगमा पक्राउ परेका पत्रकार मोजिबुल्लाहलाई प्रहरीले छाडेको छ । तीन दिनअघि रौतहट प्रहरीले लागुऔषध कारोबार गरेको अभियोगमा उनलाई पक्राउ गरेको थियो । उनी निर्दोष भएको प्रमाणित भएपछि प्रहरीले छाडेको हो । सोमबार जिप्रका रौतहटले गरेको पत्रकार सम्मेलनमा जिप्रका प्रमुख एसपी सिद्धिविक्रम शाहले पत्रकार मोजिबुल्लाहलाई छाडिएको जानकारी दिए । उनले निर्दोष पत्रकार पक्राउ परेको भन्दै माफी पनि मागेका थिए । पत्रकार सम्मेलनमा एसपी शाहले सञ्जय सहनी नाम गरेका अर्का पत्रकारको मिलेमतोमा घुमुवा प्रहरीको संलग्नतामा पत्रकार मोजिबुल्लाहको मोटरसाइकलमा लागुऔषध राखेको पाइएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved