Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

लागुऔषध नियन्त्रणमा सशस्त्र प्रहरी सक्रिय, ओसारपसारमा संलग्‍न १५५ जना पक्राउ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 24, 2021
27 shares
विराटनगर । प्रदेश १ मा पछिल्लो समय लागुऔषधको ओसारपसार एवं कारोबार बढेसँगै नियन्त्रणका लागि सशस्त्र प्रहरी सक्रिय बनेको छ । सशस्त्रले बरामद गरेको लागुऔषधको परिणामले यसको किनबेच र ओसारपसार बढेको देखाउँछ । लागुऔषधसहित पक्राउ परेकाहरुको संख्या पनि अघिल्ला वर्षहरुको तुलनामा आर्थिक वर्ष २०७७÷०७८ मा अत्याधिक धेरै छ ।
भारतबाट नेपालतिर लागुऔषधको ओसारपसार हुने गरेको छ । भारतसँगको खुला सीमा कानुनद्धारा बर्जित लागुऔषध नियन्त्रणका लागि चुनौतीपूर्ण बनेको प्रहरी अधिकारीको भनाइ छ । गत आर्थिक वर्ष २०७७/०७८ मा सशस्त्र प्रहरीले प्रदेश १ मा ४ सय २४ ग्राम ६७ मिलिग्राम ब्राउन सुगर (खैरो हेरोइन) बरामद गरेको छ । सशस्त्रका अनुसार गाँजा ४ सय ११ किलोग्राम, नाइट्रोसन २ हजार ८ सय २७ ट्याब्लेट, हाइड्रोक्लोराइड २ हजार १९ र ट्रामाडोल २ हजार ८ सय ट्याक्लेट एवं लुपिजेसिक २ सय ३५ एम्पुल तथा डाइलेक्स डीसी ८ सय ७४ बोतल बरामद भएको छ ।
त्यसबाहेक स्पास्मोप्रोक्सिभन, डाइजापाम, एभिल, कोरेक्स, क्यापिजेसिक, फेनारगन, चरेससमेतका लागुऔषध पनि सशस्त्रले बरामद गरेको छ । गत आवमा बरामद भएको लागुऔषधको परिणाम अघिल्लो वर्षको भन्दा धेरै हो । आर्थिक वर्ष २०७६/०७७ मा २ सय ३० किलो गाँजा, नाइट्रोसन १ हजार ५ सय ६१ ट्याब्लेट र लुपिजेसिक २ सय १५, डाइजापाम २ सय १६ एवं एभिल ६२ एम्पुल बरामद भएको थियो । डाइलेक्स डीसी ५ सय ४४ र कोरेक्स ७ बोतल बरामद गरेको थियो । सशस्त्रले आर्थिक वर्ष २०७७/०७८ मा लागुऔषधको ओसारपसार एवं खरिद बिक्रीमा संलग्न १ सय ५५ जनालाई पक्राउ गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो संख्या अत्याधिक धेरै हो ।
आघिल्लो आव २०७६/०७७ मा लागुऔषधसहित ७१ जना मात्रै पक्राउ परेका थिए । आव २०७५÷०७६ मा लागुऔषध ओसारपसार गर्ने ४७ जना पक्राउ परे । सीमा सुरक्षा र चोरी तस्करी नियन्त्रणको मुख्य जिम्मेवारी पाएको सशस्त्रले लागुऔषधसहित पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाउने गरेको छ । बरामदको पछिल्लो परिणाम र पक्राउ परेका ओसारपसार एवं कारोबारमा संलग्नको संख्याले पनि लागुऔषधको धन्दा मौलाएको प्रष्ट हुने सशस्त्रका अधिकारी बताउँछन् । सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी वंशीराज दाहालले लागुऔषधको अवैध धन्दा नियन्त्रणका लागि सशस्त्र प्रहरीले सक्रियता बढाएको जानकारी दिए ।
‘सशस्त्रको सक्रियतासँगै लागुऔषध बरामद र ओसारपसार एवं कारोबारमा संलग्न पक्राउ पर्ने क्रम बढेको छ,’ उनले भने, ‘नेपाल–भारत खुला सीमालाई मध्यनजर गर्दै नियन्त्रणका लागि सबै पक्षको साथ लिएर विशेष अभियान सञ्चालन गरिएको छ ।’ दाहालका अनुसार पछिल्लो समय झापाबाट ब्राउन सुगर (खैरो हेरोइन) धेरै बरामद भएको छ । भारतसँग सीमा जोडिएका मोरङ र सुनसरीबाट ‘केमीकल ड्रग्स’का रूपमा प्रयोग हुने लागुऔषधको धन्दा धेरै हुने गरेको जानकारी उनले दिए । ‘सबै पक्षको साथ र सहयोगबिना लागुऔषधको धन्दा नियन्त्रण सम्भव हुँदैन,’ डीआईजी दाहालले भने, ‘विशेष गरेर पछिल्लो समय युवापुस्ता यसको दलदलमा धेरै फसिरहेका कारण अभिभावकले पनि आफ्ना सन्तानमाथि निगरानी बढाउनुपर्ने बेला भएको छ ।
’ लागुऔषधका कारण अपराध पनि बढ्दै गएको उनको भनाइ छ । लागुऔषधको कुलततर्फ युवापुस्ता बढी आकर्षित हुँदा भविष्य नै अन्धारतिर धकेलिने अवस्था बनेको भन्दै डीआईजी दाहालले चिन्ता व्यक्त गरेका छन् । ‘लागुऔषधको लतले धनसम्पत्ति र व्यक्तिगत स्वास्थ्य स्वाहा बनाइरहेको छ । समाजमा अपराध पनि बढायो,’ उनी भन्छन्, ‘नियन्त्रणमा सबै पक्ष एकजुट हुन आवश्यक छ । नत्र भोलिका दिनमा परिस्थिति निक्कै जटिल बन्नसक्छ ।’ नेपाल प्रहरीका सुनसरी प्रमुख एसपी सञ्जयसिंह थापाले पछिल्लो समय लागुऔषधका सेवनकर्ता बढिरहेको बताए । ‘अवैध ओसारपसार र कारोबार गर्नेको सञ्जाल पनि बढ्दो छ,’ उनले भने, ‘नियन्त्रणका लागि विशेष कार्ययोजनासहित अगाडि बढ्नुको विकल्प छैन ।’
लागुऔषधका दुव्र्यसनीलाई कुलतबाट मुक्त गराउन र उपचारका लागि राख्नका लागि थापाकै पहलमा धरानको पानबारीमा आसरा सुधारगृह निर्माण गरेर सञ्चालनमा ल्याइएको छ । डीएसपी हुँदा इलाका प्रहरी कार्यालय धरानमा इन्चार्जको जिम्मेवारीमा रहेका बेला २०७० सालमा थापाले पहिलो पटक सुधारगृह निर्माणको पहल थालेका थिए । नेपाल प्रहरीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको समन्वयमा जनस्तरको सहयोगबाट यसको निर्माण गरेको हो । आसरा सुधारगृहको व्यवस्थापकीय पक्ष भने नेपाल प्रहरीले नै हेरिरहेको छ ।
Enter
जगत
जगत मगर
Open Photo
Enter
जगत
जगत मगर
गैडाको खाग तस्करीमा संलग्न पाँचजना पक्राउ चितवन । खाग तस्करीमा संलग्न रहेका पाँचजना दुई वर्षपछि पक्राउ परेका छन्। नवलपरासीस्थित मर्दीघोल क्षेत्रमा धारिलो हतियार प्रयोग गरी वयस्क गैँडा मारेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्जको अमल्टारी सेक्टर कार्यालयअन्तर्गत बाँदरझुला पोस्टको मर्दीघोल क्षेत्रमा संयुक्त गस्ती टोलीको ‘हात्ती स्विपिङ अपरेसन’को क्रममा ०७६ भदौ ३१ मा खाग काटिएको गैँडाको हाडखोर भेटेको थियो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अनुसन्धानको क्रममा १५ प्रतिवादीहरूको विभिन्न सांगठनिक तहमा संलग्नता रहेको खुल्न आए पनि पाँचजनालाई प्रकाउ गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम कारबाहीका लागि जिल्ला अदालत नवलपुरमा बझाइएको छ। बाँकी १० प्रतिवादीको खोजीकार्य जारी रहेको उनले बताए। पक्राउ पर्नेहरूमा मकवानपुरको बागमती गाउँपालिका– ३, पाँचपाण्डवका ३५ वर्षीय नवीन पौडेल भन्ने मेखबहादुर नेपाली, जाजरकोटको शिवालय गाउँपालिका– २, डुङ्ग्राका २७ वर्षीय वीरबहादुर बस्नेत र चितवन खैरहनी नगरपालिका– ६ रिजालटोलका आरास उप्रेती रहेका छन्। गैँडा तस्करीमा नै कारागारमा रहेका रणबहादुर भन्ने जितबहादुर कुमाल र तारा चेपाङलाई पनि निकुञ्जले अनुसन्धानको लागि झिकाएको थियो। पक्राउ परेका नेपाली आफूलाई प्रहरीको सुराकी र बस्नेतले घुमन्ते प्रहरी बताउँछन्। उप्रेती चितवनकै एक अस्पतालको ल्याबमा काम गर्दथे। उप्रेतीले नेपाली र बस्नेतलाई चितवनमा मान्छे चिनाउनेदेखि विभिन्न काममा सहजीकरण गरेको बताउँछन्। बञ्चरोले काटेको खाग पकाएर ५५ लाखमा बिक्री नवलपरासीस्थित मर्दीघोलमा बन्दुक हानी मरेको गैँडाको खाग बञ्चरोले काटेर चितवनको कालिका– ९ मा प्रतिवादीको घरमा पकाई वीरबहादुर बस्नेतलाई बिक्री गरिएको थियो। बस्नेतबाट खाग लिएर मेखबहादुर नेपालीले काठमाडौंमा फरार प्रतिवादीलाई बेचेका थिए। नेपालीले ५५ लाखमा खाग बिक्री गरी बस्नेतलाई ५० लाख दिएको र बस्नेतले अन्य प्रतिवादीहरूलाई दिएको अनुसन्धानमा खुलेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved