Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

गैडाको खाग तस्करीमा संलग्न पाँचजना पक्राउ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 24, 2021
129 shares

चितवन । खाग तस्करीमा संलग्न रहेका पाँचजना दुई वर्षपछि पक्राउ परेका छन्। नवलपरासीस्थित मर्दीघोल क्षेत्रमा धारिलो हतियार प्रयोग गरी वयस्क गैँडा मारेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्जको अमल्टारी सेक्टर कार्यालयअन्तर्गत बाँदरझुला पोस्टको मर्दीघोल क्षेत्रमा संयुक्त गस्ती टोलीको ‘हात्ती स्विपिङ अपरेसन’को क्रममा ०७६ भदौ ३१ मा खाग काटिएको गैँडाको हाडखोर भेटेको थियो।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अनुसन्धानको क्रममा १५ प्रतिवादीहरूको विभिन्न सांगठनिक तहमा संलग्नता रहेको खुल्न आए पनि पाँचजनालाई प्रकाउ गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम कारबाहीका लागि जिल्ला अदालत नवलपुरमा बझाइएको छ। बाँकी १० प्रतिवादीको खोजीकार्य जारी रहेको उनले बताए। पक्राउ पर्नेहरूमा मकवानपुरको बागमती गाउँपालिका– ३, पाँचपाण्डवका ३५ वर्षीय नवीन पौडेल भन्ने मेखबहादुर नेपाली, जाजरकोटको शिवालय गाउँपालिका– २, डुङ्ग्राका २७ वर्षीय वीरबहादुर बस्नेत र चितवन खैरहनी नगरपालिका– ६ रिजालटोलका आरास उप्रेती रहेका छन्।

गैँडा तस्करीमा नै कारागारमा रहेका रणबहादुर भन्ने जितबहादुर कुमाल र तारा चेपाङलाई पनि निकुञ्जले अनुसन्धानको लागि झिकाएको थियो। पक्राउ परेका नेपाली आफूलाई प्रहरीको सुराकी र बस्नेतले घुमन्ते प्रहरी बताउँछन्। उप्रेती चितवनकै एक अस्पतालको ल्याबमा काम गर्दथे। उप्रेतीले नेपाली र बस्नेतलाई चितवनमा मान्छे चिनाउनेदेखि विभिन्न काममा सहजीकरण गरेको बताउँछन्।

बञ्चरोले काटेको खाग पकाएर ५५ लाखमा बिक्री नवलपरासीस्थित मर्दीघोलमा बन्दुक हानी मरेको गैँडाको खाग बञ्चरोले काटेर चितवनको कालिका– ९ मा प्रतिवादीको घरमा पकाई वीरबहादुर बस्नेतलाई बिक्री गरिएको थियो। बस्नेतबाट खाग लिएर मेखबहादुर नेपालीले काठमाडौंमा फरार प्रतिवादीलाई बेचेका थिए। नेपालीले ५५ लाखमा खाग बिक्री गरी बस्नेतलाई ५० लाख दिएको र बस्नेतले अन्य प्रतिवादीहरूलाई दिएको अनुसन्धानमा खुलेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved