Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

टोल सुधारका लागि गस्तीमा आमा समूह , प्रहरीको निगरानी बढ्नु पर्यो वस्ती वस्तीमा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 23, 2021
117 shares


धरान ।
आफ्नो टोलमा विभिन्न क्षेत्रका लागुऔषध प्रयोगकर्ताहरुको चहलपहल बढेर झैं–झगडा हुन थालेपछि धरान १६ नौलो पथमा आमा समूहले सक्रियता बढाएको छ ।
नौलो पथमा सोही टोलका युवा तथा अन्य क्षेत्रबाट युवाहरुको चलहपहल बढेर लागुऔषधको कारोबार हुने गरेको र उनीहरुबीच लेनदेनमा समस्या भई कुटपिट, काटमार तथा दिनहुँ झगडा हुन थालेपछि गत साउन २९ गते निरा धमलाको अध्यक्षतामा आमा समूहको गठन भई दैनिक गस्ती शुरु भएको छ ।
राती ११ बजेसम्म टोलमा गस्ती गर्दा लागुऔषध प्रयोगकर्ता तथा विक्रेताहरुले मोटर साइकल, स्कुटी आदि प्रयोग गर्ने र उल्टै आमा समूहलाई ‘गाडीले किच्याई दिन्छु’, ‘म यहिँको लोकल हुँ’ जस्ता शब्दले धम्क्याउने गरेको उपाध्यक्ष दीपा पोखरेलले बताईन् । उनले भनिन्, ‘टोलमा शान्ति सुरक्षा माग गरेको २ वर्षभन्दा बढि भइसक्यो तर हामीले सुरक्षा नपाए पछि आफै सक्रिय भएका हौं ।’

आमा समूहले कुलतमा फसेका युवाहरुलाई रातको समयमा हिडडुल नगर्न सचेत गराएको छ । अटेर गर्नेलाई सम्झाएर चेतावनी समेत दिएको सचिव जुनु लावरले बताइन् । तर, युवाहरु लागुऔषधको नशामा हुने र उल्टै गस्तीलाई नै आक्रमण गर्न खोजेकोले तत्काल प्रहरीको सहयोग चाहिने बताइन् ।
टोलवासीले प्रहरी चौकीको माग गरेता पनि जनशक्तिको अभाव र माथिल्लो तहको स्वीकृति आवश्यक पर्ने भएकोले प्रहरी चौकी स्थापना गर्न नसकिने इलाका प्रहरी कार्यालयले बताएको छ । सुरक्षामा चुनौती भए प्रहरीलाई खबर गर्दा तत्काल उपस्थित हुने र अपराधिक क्रियाकलापमा सम्लग्नलाई कार्बाही गर्ने प्रहरीले बताएको छ ।

टोलवासीले वडाध्यक्ष दिलकुमार गिरी सहित सरोकारवाला व्यक्तिहरुलाई टोलको सुरक्षा सम्बन्धमा जानकारी गराएको सहसचिव कमला मगरले बताइन् । वडा कार्यालय, प्रहरी र टोल विकास समितिले समेत आमा समूहलाई सहयोग गरेको बताइन् । टोलमा शान्ति सुरक्षा कायम गर्नु सबैको दायित्व भए पनि रातको समयमा आमाहरु मात्रै गस्तीमा हिड्दा युवाहरुबाट धम्की आएकोले प्रहरीको समेत प्रत्यक्ष गस्ती हुनुपर्ने उनले जोड दिएकी छन् ।

टोलमा गरिब तथा सुकुम्बासी वस्तीको बाहुल्यता भएकोले आर्थिक रुपमा समेत टोलवासी कमजोर भएकोले स्थानीय सरकार तथा विभिन्न संघ संस्थाको सहयोग आवश्यकता रहेको कोषाध्यक्ष संगीता राईले बताइन् । उनले समाज सुधार गर्न आमा समूह मात्रै पर्याप्त नहुने भएकोले टोलमा विभिन्न शिक्षा तथा सचेतनामूलक कार्यक्रमका लागि विभिन्न संघ संस्थाहरुसँग सहकार्यका लागि समेत आव्हान गरेकी छन् ।

आमा समूहका पदाधिकारी तथा सदस्यहरु सपना राई, चन्द्र राई, आशा राई, कमला बन, रमा राई, उपेन्द्र कुमारी नेम्वाङ लगायतको समूहले गस्तीमा सुरक्षा चुनौती रहेको भन्दै वडा कार्यालय र प्रहरी कार्यालयबाट प्रत्यक्ष सहभागिता हुनुपर्नेमा जोड दिएका छन् । प्रहरीलाई फोन गरेर बोलाउँदा समेत समयमा नै निगरानी नहुँदा अपराधिक क्रियाकलाप गर्नेहरुको मनोबल बढेको बताएका छन् । टोलमा दिनहुँ काटमार हुने, होहल्ला हुने, छाडा तथा अपाच्य शब्दको प्रयोग हुँदा बालिबालिका तथा समाजमा नकरात्मक असर पारेको बताए । आमाहरुले हातमा लठी लिएर गस्ती गर पनि सवारी साधनमा लागुऔषध प्रयोग कर्ता र खरिद एवम् विक्रेताहरुको बाक्लो आवत जावत हुने भएकोले गस्तीमा चुनौती भएको बताएका छन् ।

रातको समयमा बिगबिगि हिडेको फेला पारेपछि किन यसरी हिडेको भन्दा विभिन्न बहाना बनाउने गरेको र उल्टै महिला समुहमाथि नै सुरक्षा खतरा रहेको बताइएको छ । अस्थायी चौकीको माग गरेको २ वर्ष वितिसक्दा समेत इलाका प्रहरी कार्यालयले वेवास्ता गरेको छ । उक्त टोलमा भएको झगडा र होहल्लाका कारण नजिकका टोलहरु लोकतन्त्र वस्ती, पुलचौक प्रगतिमार्ग, भूपीपथ लगायतमा समेत समस्या उत्पन्न भएको छ । आमा समूहले प्रहरी सुरक्षा गस्ती बढाई दिनुपर्ने, समाजलाई सचेतना तथा प्रशिक्षण लगायतका कार्यक्रम सञ्चालन गरिदिन स्थानीय सरकारसँग माग गरेका छन् ।

नेपाल बसोबास बस्ती संरक्षण समाज धरान नगर समितिका सहसचिव अमर सुवेदीले लागुऔषध प्रयोग कर्ता र बिक्रेताहरुको बढि ध्यान वस्तीमा गएको बताए । गरिब तथा सुकुम्बासी वस्तीमा गएर धनाड्यहरुले हेप्ने गरेको भन्दै प्रत्येक वस्तीमा नौलो पथका आमाहरु जस्तै सचेत भएर लाग्नु पर्ने बताए । उनले भने, ‘वस्तीका विभिन्न टोलमा अपराधिक घटनामा बृद्धि भएको छ । त्यस्ता गतिविधि रोक्न बस्तीवासी स्वयम् जागरुक भई सबैको सचेत प्रयत्न गर्नुपर्छ । आमा समूहलाई पत्याएनन् भने पुरुषहरु पनि गस्तीमा हिड्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved