Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अन्तर्राष्ट्रिय विमानस्थलको बदलिँदो स्वरुप

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 23, 2021
285 shares

काठमाडौं- परम्परागत संस्कृति र आधुनिकता झल्कने गरी मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) को स्वरुप परिवर्तनको काम धमाधम भइरहेको छ । यदि कोभिड–१९ महामारी नभइदिएको भए अन्तरराष्ट्रिय विमानस्थल एक वर्ष अघिनै बुटिक विमानस्थलको रुपमा रुपान्तरण भइसकेको हुन्थ्यो ।

सरकारले एक मात्र अन्तर्राष्ट्रिय विमानस्थललाई अघिल्लो वर्ष वैशाख १ गते बुटिक विमानस्थलको रुपमा घोषणा गर्ने तयारी थियो । तर, कोभिड महामारीका कारण सन् २०२० का लागि घोषित नेपाल भ्रमण वर्ष पनि स्थगित भयो भने सँगै बुटिक विमानस्थलको कामले पनि पूर्णता पाउन सकेन । अहिले महामारीकै बीच बुटिक विमानस्थलको रुपमा रुपान्तरणका लागि धमाधम काम भइरहेको छ जसका लागि आवश्यक संरचना निर्माण, साजसज्जा तथा सौन्दर्यकरणका काम जारी रहेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।

उनले विमानस्थलको बुटिक अवधारणाअनुरुप काम अघि बढाइनुका साथै क्षमता विस्तारको काम चलिरहेको बताए । “टर्मिनलमा फ्लोरिङको काम परिवर्तन भइसकेको छ, अब हामी वास्तविक बुटिक एयरपोर्टको स्वरुप परिवर्तन गर्ने गरी अघि बढेका छौँ, सरसफाइको स्तर, यात्रुलाई दिने सुविधा र सुरक्षाको प्रत्याभूति हुनेगरी सेवालाई स्तरीकरण गर्ने क्रममा छौँ”, महाप्रबन्धक तिवारीले भने ।

बुटिक विमानस्थलका लागि पहिला गरिएका काम प्रभावकारी हुन नसकेको र अहिले वास्तविक परिणाम देखिने गरी काम भएको उनको दाबी छ । अहिले विमानस्थलमा भिडभाड कम भएकाले पनि विमानस्थलको सुधार र संरचाना निर्माण सहज भएको बताइन्छ । विमानस्थलको स्वरुप र संरचना परिवर्तनसँगै क्षमता विस्तार र सेवा स्तरिकरणका काम पनि भइरहेको छ ।

अन्तरराष्ट्रिय टर्मिनल भवन बाहिर छानो राख्ने ‘क्यानोपी’ को काम करिब अन्तिम चरणमा पुगेको छ । यात्रु प्रस्थान कक्षमा सुविधा सम्पन्न हल तथा यात्रुको लगेज छिटोछरितो बनाउन ‘कन्भेयर बेल्ट’ थपिएको छ । पहिला चार वटा रहेकामा हाल थप दुई वटा गरी छ वटा बनाइएको छ । यसले विदेशबाट फर्किने यात्रुले छिटो भन्दा छिटो लगेज पाउनेछन् । अन्तरराष्ट्रिय टर्मिनल अगाडि आकर्षक पानीको फोहरा ९वाटर फाउनटेन० बनाउने काम पनि अन्तिम चरणमा रहेको विमानस्थलले जनाएको छ । अन्तरराष्ट्रिय यात्रु बाहिरिने आकर्षक भवनले विदेशी विमानस्थलको झल्को दिन्छ । व्यवस्थित पार्किङ आदि सुधारको काम भएको छ । आन्तरिकतर्फ पनि सेवा स्तरीकरण र क्षमता विस्तारको काम चलिरहेको छ ।

बदलिँदोस्वरुप

जहाजबाट ओर्लेपछि आगमनतर्फ अघि बढ्दा टर्मिनल भवन छिर्ने ढोकैनेर ठूलो अक्षरमा ‘वेलकम टु नेपाल’ लेखिएको छ । प्रवेश विन्दुको दाँयाबायाँ भित्तामा मुलुकको पहिचान र परम्परागत कलासंस्कृति झल्कने आकर्षक पोष्टरले सजाइएको छ । शाक्यमुनि गौतमबुद्धको मूर्तिको छुट्टै आकर्षण छ । सर्वोच्च शिखर सगरमाथादेखि तराईका विविध सांस्कृतिक सम्पदाको झलकसहितको तस्बीरले यात्रुको ध्यान आकर्षित गर्छ । आधुनिक कलात्मक काष्ठकलाको प्रयोग गरेर बुटिक विमानस्थलको रुप दिने प्रयास भइरहेको महाप्रबन्धक तिवारीले जानकारी दिए ।

टर्मिनल भवनको भित्रपट्टि छिर्नासाथ ताउलोमा सजिएका फुल, पुरातात्विक महत्वका सम्पदा, मठ, मन्दिर आदि झल्कने विविध तस्बिरले पाहुनालाई मोहित तुल्याउँछ । ‘कुइरे’ पाहुना अच्चममा पर्छन् अनि उत्साहित हुँदै अनगिन्ती प्रश्न सोध्न थाल्छन् । विमानस्थलको बदलिँदो यथार्थको यो चित्रणले मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थले मुलुकको पहिचानलाई पनि थप प्रवर्द्धन गरेको छ ।

अन्तर्राष्ट्रिय यात्रुको प्रवेश विन्दुको रुपमा रहेको विमानस्थलले मुलुकको झझल्को दिन्छ । देशको ऐनाको रुपमा रहेको विमानस्थलको बदलिँदोस्वरुप र थपिएका सेवा सुविधाले विकसित मुलुकका सुविधा सम्पन्न विमानस्थलकोस्तरमा परिणत गर्न सफल भएको सम्बन्धित अधिकारीको भनाइ छ ।

पछिल्लो समय विमानस्थको रुप फेरिएको छ । यात्रुले केही फरक अनुभूति गर्नेछन् । किनकि विमानस्थलको भित्री रुप लोभलाग्दो गरी सुधारिएको छ । बाहिर पनि आकर्षक ढङगले सजाइँदैछ । त्रिभुवन विमानस्थलमा आउने हरेक विदेशी पर्यटक विमानस्थलमा आइपुग्ने वित्तिकै यहाँको सुन्दरता, नेपाली कला कौशल, स्वागत सत्कार, विमानस्थलको वरिपरी नेपाल चिनाउने दृश्य र नेपाली कलाकौशलका सामग्रीको प्रदर्शनीसहितको गतिविधि देख्न पाउने छन् ।

विमानस्थलको स्तरोन्नतिका साथै सेवालाई गुणस्तरीय र प्रभावकारी बनाइ पर्यटकलाई आकर्षण गर्ने गरी स्वरुप फेर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डनयन मन्त्रालय र मातहत निकाय लागि परेका छन् । अघिल्लो सरकारले टिआइएलाई परम्परागत संस्कृति र आधुनिकता झल्कने गरी छिट्टै बुटिक विमानस्थलमा रुपान्तरण गर्ने घोषणा गरेको थियो ।

अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान दिने र पहिलो प्रभाव नै विमानस्थलबाटै पर्ने भएकाले विमानस्थलको स्वरुप बदल्न लागि परेको महाप्रबन्धक तिवारीले बताए । हालकै संरचनालाई नेपालीपन झल्काउने गरी ‘बुटिक एयरपोर्ट’ बनाउने सोच अनुरु काम भइरहेको छ।

यसबाहेक नेपालको स्वागत परम्परा, बढी प्रयोग हुने वस्तु, तस्बिर र काष्ठकलाको प्रयोग गरेर बुटिक विमानस्थलको रुप दिने प्रयास गरिएको छ । विमानस्थल प्रवेशका लागि मुख्यद्वार (गोल्डेन गेट) बाट प्रवेश मात्र गर्न पाइनेछ भने फर्कदा नवनिर्मित ट्याक्सी पार्किङ क्षेत्रको गेटबाट बाहिरिने व्यवस्था गरिएको छ । विमानस्थलको शौचालय सफा देखिन्छन् । विमानस्थल परिसरमा पहिला व्यापारिक होर्डिङ बोर्ड हुन्थे तर अहिले नेपालको कला, संस्कृति र पहिचान झल्कने तस्बिर राखिएको छ ।

बुटिक विमानस्थलको अवधारणाअनुरुप परम्परागत संस्कृति र आधुनिकता झल्कने गरी विमानस्थलको रङ्गरोगन तथा सजावटको काम भइरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक सञ्जीव गौतमले नेपालको विमानस्थल बुटिकको रूपमा घोषणा गरिएको संसारकै पहिलो विमानस्थल हुने बताए । उनले भन, “विश्वमा बुटिक विमानस्थल भनेर घोषणा गरेको कही पाइएको छैन, नेपालको विमानस्थल पहिलो हुन्छ ।”

बुटिकको अर्थ सङग्रहालय होइन । प्राचीनता झल्कने कला कृति मात्र नभइ व्यवहार पनि नेपालीपन झल्कने हुनुपर्छ । बुटिकको साजसजावटका साथै जनशक्ति पनि सोही अनुरुपको व्यवस्था गरिने विमानस्थलले जनाएको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनीले हवाईसेवा सञ्चालन गर्दै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved