Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

गण्डकी प्रदेश प्रमुख र मुख्यमन्त्रीद्वारा जनै पूर्णिमाको शुभकामना

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 22, 2021
[webverse_shares]

पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले रक्षाबन्धन, ऋषितर्पणी एवं जनै पूर्णिमाका अवसरमा सम्पूर्ण प्रदेशवासीलाई शुभकामना व्यक्त गरेका छन् । आज जारी गरेको शुभकामना सन्देशमा उनले हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वले सम्पूर्ण प्रदेशवासी सबै दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गरेका हुन् ।

विभिन्न समुदायले खुशीयालीस्वरुप उत्साह र उमङ्गका साथ मनाउने रक्षा बन्धनले मौलिक परम्परा र सांस्कृतिक महत्व बोकेको जनाउँदै प्रदेश प्रमुख गुरुङले यो पर्व तागाधारी समुदायले मात्रै नभई विभिन्न समुदायले मनाउने गरेको हुँदा यस पर्वको महत्व बढेको उल्लेख गरेका छन् ।

उहाँले नेपाल बहुजाति, बहुभाषिक र बहुसांस्कृतिक देश भएकाले यस्ता पर्वले सामाजिक, सांस्कृतिक र जातीय एकता कायम गर्दै आपसी सद्भावलाई प्रगाढ बनाउने विश्वास व्यक्त गर्दै सन्देशमा भनेका छन्, “पर्व र संस्कृतिले समुदायबीच आपसी सद्भाव कायम राख्दै सांस्कृतिक, आर्थिक र सामाजिकरूपमा एकीकृत र मजबुत बनाउन सहयोग पुग्दछ ।” विज्ञप्तिमा कोरोना महामारीले विश्व नै प्रभावित भइरहेका बेला सबैले चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्डको पूर्णरूपमा पालना गर्न र सबै नागरिकको इमान्दार प्रयासले मात्र कोरोनालाई जित्न सकिने उल्लेख छ ।

मुख्यमन्त्री पोखरेलद्वारा शुभकामना यसैगरी मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सांस्कृतिक समृद्धिका लागि धर्म, संस्कृति र परम्पराको जगेर्ना आवश्यक रहेको बताएका छन् । जनै पूर्णिमा, ऋषितर्पणी र गुँपुन्हीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले धर्म, संस्कृति र परम्पराजस्ता अमूल्य निधिको जगर्ना गर्नु सबैको दायित्व रहेको बताएका हुन् । “जनै पूर्णिमाका दिन तागाधारी समुदायले पुरोहितबाट नयाँ जनै फेर्नुका साथै हातमा रक्षाबन्धन बाँध्ने परम्परा छ । श्रावण शुक्ल पूर्णिमाकै दिन तराईमा दिदीबहिनीले दाजुभाइको नाडीमा राखी बाँधेर मनाउने गर्छन् ।

नेवारी समुदायले यो दिनलाई ‘गुँपुन्ही’ का रूपमा मनाउने परम्परा छ । यो दिनमा नौ थरि गेडागुडी मिसाएको क्वाँटी खाने र भ्यागुताको पूजा गरिन्छ । अहिले क्वाँटीको स्वादले अन्य समुदायको भान्सामा पनि स्थान पाएको छ । ”सन्देशमा उल्लेख छ । सन्देशमा भनिएको छ, “विविध धर्म संस्कृतिको धनी हाम्रो मुलुक धार्मिक सहिष्णुताको अनुकरणीय नमूना हो । एकै दिन पर्ने पर्वलाई समुदाय विशेषअनुसार फरक तरिकाले मनाइनु पनि धार्मिक सहिष्णुताकै सबैभन्दा दरिलो उदाहरण हो ।” कोभिड–१९ को त्रास कायमै रहेको जनाउँदै स्वास्थ्य मापदण्ड पालना गर्दै सजगता अपनाएर पर्व मनाउन समस्त प्रदेशवासीमा उनले सन्देशमा अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved