Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

म स्वतन्त्र हुँ, कारबाहीको औचित्य छैन- मन्त्री अजय शाही

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 21, 2021
81 shares
बुटवल। नेकपा (एमाले)ले कारबाही गरेका लुम्बिनी प्रदेशका सांसद तथा विनाविभागीय मन्त्री अजय शाहीले आफू स्वतन्त्र भएको दाबी गरेका छन् । उनले नेकपा एमाले लुम्बिनी प्रदेशले आफूसँग स्पष्टीकरण माग गरेको र प्रदेशसभा सदस्यबाट समेत निष्काशन गर्न कारबाही प्रक्रिया अगाडी बढाएको कुरा कानूनी र राजनीतिक रुपमा कुनै औचित्य नरहेको बताए ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै शाहीले निर्वाचनमा हृदय त्रिपाठीको नेतृत्वमा रहेको तत्कालिन स्वतन्त्र समूह र नेकपा एमालेबीच ०७४ असोज १६ गते भएको राजनीतिक सम्झौता अनुसार सुर्य चिन्हको प्रयोग गरि स्वतन्त्र रुपमै चुनाव जितेको दाबी गरे । नवलपरासीबाट चुनाव जितेका सांसद शाहीले भने ‘मैले चुनावमा मात्रै चिन्ह लिएको हो, नैतिक र राजनीतिक रूपमा म स्वतन्त्र छु । मैले नेकपा एमालेको सदस्यता लिएको छैन केवल चुनावी सम्झौता मात्रै थियो ।’ शाहीले राजनैतिक दल सम्बन्धी ऐन २०७३ को दफा २९ अनुसार एमाले संसदीय दलको सदस्य नभएको स्पष्ट पारे ।

यस्तै, नेकपा एमाले लुम्बिनीले प्रदेशसभा विधि र कानून सम्वत नचलेसम्म प्रदेशसभा अवरुद्ध गरिरहने बताएको छ । रिपोर्टस क्लब नेपाल, लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेकपा एमाले संसदीय दलका सचिव तथा पूर्व स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठले विधि र कानून सम्वत नचलेसम्म प्रदेश सभा अवरुद्ध गर्ने बताएका हुन् ।

उनले भने ‘सूर्य चिन्ह लिएर जनताको मत प्राप्त गरी चुनाव जितेका प्रतिनिधि नैतिक र राजनीतिक रूपमा एमालेकै भएको हुँदा प्रतिपक्षले मन्त्री बनाउदा पनि सभामुखले राजनीतिक पुर्वाग्रह राख्दै कार्वाही नहुनु विधि सम्वत छैन । हाम्रा सासंदलाई कार्वाही नहुँदासम्म संसद अवरुद्ध गर्छौं ।’

अजय शाहीले एमाले संसदीय दलका निर्णयहरुलाई हालसम्म मान्दै आएको बताउँदै श्रेष्ठले एमाले सरकारबाट बाहिरीएपछि गठबन्धनको सहयताले स्वतन्त्रको नाम जप्दै हिड्नु गलत रहेको दाबी गरे ।

सभामुखले तत्काल वारपार गर्नुपर्छ

लुम्बिनी प्रदेश सभा भित्रको किचलो छिटो भन्दा छिटो समाधान गर्न कानूनविद्हरुले सभामूखलाई सुझाव दिएका छन् । साक्षात्कारमा बोल्दै कानूनविद्हरुले संविधानको राम्ररी अध्ययन गरि छिटो छरितो निकास दिन सभामुखलाई सुझाव दिएका हुन् ।

सो कार्यक्रममा आफ्ना तर्कहरु राख्दै कानूनविद महेन्द्र पाण्डेले अजय शाही हृदेश त्रिपाठीको स्वतन्त्र राजनीतिक समुहबाट चुनावमा तत्कालिन नेकपासंग तालमेल गरेर निर्वाचित भएको तर हैसियतका हिसावले र सहमतीका बुदाको हिसावले स्वतन्त्र रहेको बताए । उनले स्वतन्त्र हैसियतबाट उठेकोले एमालेसंग कुनै नाता र साईनो नभएकाले व्यवहारीक तथा कानूनी हिसावले एमालेले दाबी गर्न नमिल्ने तर्क गरे । यस्तै उनले बाम गठबन्धनबाट चुनाव जितेकी सांसद विमला वलीले आफ्नो दल रोज्ने अधिकार संविधानले दिएको बताए ।

यस्तै, अर्का कानूननिद् नगेन्द्र बस्यालले अशय शाहीले सुर्य चिन्हबाट चुनाव जितेको बताउँदै एमालेले कारबाही गर्न स्वभाविक रहेको दाबी गरे । स्वतन्त्र भनिएपनि एमालेको सुर्य चिन्हबाट चुनाव जितेकाले स्वतन्त्र भन्न नपाउने उनको भनाई छ । एमालेले आवश्यक क्रियाकलाप पुरा गरि संसद सचिवालयमा पठाएको हो भने सभामुखले तत्काल आवश्यक कारबाही अगाडी बढाउनु पर्ने धारणा राखे । कार्यक्रम रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।

रिपोर्टस नेपाल बाट सभार



प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved