Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अफगानिस्तानबाट चार सय ७० नेपाली फर्किए, उद्धारका लागि तीन सय १० जनाले टिपाए विवरण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 21, 2021
[webverse_shares]

काठमाडौ । अफगानिस्तानबाट उद्धार भएर शुक्रबार साँझसम्म चार सय ७० नेपाली स्वदेश फर्किएका छन् । शुक्रबार मात्रै दुईवटा उडानबाट एक सय ७४ जना स्वदेश फर्केका हुन् ।

काबुल छाडिसकेका करिब हजारजना नेपालीमध्ये पाँच सय ३० जना स्वदेश फर्कने क्रममा विभिन्न मुलुकमा पारगमन (ट्रान्जिट) र क्वारेन्टिनमा छन् ।

‘थप नेपाली नागरिक नेपाल फर्कने प्रक्रिया जारी छ,’ परराष्ट्र मन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘उद्धार भई स्वदेश आउनेमा विभिन्न कूटनीतिक नियोग तथा अनौपचारिक क्षेत्रमा काम गर्नेहरू हुनुहुन्छ ।’

आगमनपछि अध्यागमनलगायत आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई सिसिएमसीको समन्वयमा सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा राखिएको छ । उनीहरूलाई स्वास्थ्य मापदण्डअनुसार कोभिड– १९ को परीक्षणलगायत प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको परराष्ट्रले जनाएको छ ।

तीन सय दशजना नेपालीले अफगानिस्तानबाट उद्धारका लाग कन्सुलर सेवा विभागको वेबसाइटमा आफ्नो विवरण दर्ता गरेका छन् । ‘यो संख्या शुक्रबार साँझसम्म दर्ता भएकाहरूको हो । तर, नाम दर्ता गरेका सबै काबुलमा हुनुहुन्न, कतिपय फर्किंदै हुनुहुन्छ, कतिपय फर्किसक्नुभएको छ,’ परराष्ट्रका अधिकारीले भने ।

परराष्ट्रका अनुसार उद्धार कार्यको सहजताका लागि कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाइन पोर्टलमा दर्ता भएका, दिल्लीस्थित नेपाली राजदूतावासबाट प्राप्त विवरण तथा परराष्ट्रकै ‘सिचुएसन रुम’मा नाम टिपाएका नेपालीलाई सम्पर्क गरेर सूची तयार गरिएको छ । ‘उक्त समूहीकृत सूची काबुलबाट उद्धार उडान गरिरहेका मित्रराष्ट्रहरूलाई उपलब्ध गराई उहाँहरूको उद्धार कार्यमा आवश्यक सहकार्य र समन्वय भइरहेको छ,’ परराष्ट्रले भनेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved