Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सर्वोच्चको आदेश लत्याएर पूर्वमन्त्री कृष्ण गोपाल श्रेष्ठलाई उन्मुक्ती

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 20, 2021
609

 

काठमाडौ । रुपा सुनारमाथि जातिय विभेद गर्ने काठमाडौं बबरमहलकी घरबेटी सरस्वति प्रधानलाई हिरासतबाटै छुटाएपछि तत्कालिन शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ विवादमा मुछिए । पार्टी भित्रैका दलित समुदायले उनको राजिनामा माग गरे । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएर उनलाई सचेत गराएको खबर समेत आयो ।

 

कतिपयले मन्त्री श्रेष्ठले मानव अधिकार आयोगमा गएर सार्वजनिक माफि मागेको समेत दाबी गरे । यता रुपा सुनारले भने राज्यकै मन्त्री आएर अभियुक्तलाई छुटाएको भन्दै प्रहरीमा श्रेष्ठ विरुद्ध समेत जाहेरी दिइन् ।तर, प्रहरीले शक्तिशाली मन्त्री श्रेष्ठ विरुद्ध जाहेरी लिन अस्विकार गर्यो । रुपाले हुलाक मार्फत जाहेरी दिइन् ।

जाहेरी दर्ता भएको कुनै जानकारी उनले पाइनन् । यसैबीच गत असार ३१ गते सर्वोच्च अदालतले उनको हकमा ‘ऐतिहासिक’ आदेश दियो,–‘जातिय विभेद तथा छुवाछुतको मुद्दामा बहालवाला शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठमाथि २५ दिन भित्र छानबीन गर्नु ।’ तर, सर्वोच्च अदालतको आदेश आएको करिब डेढ महिना वित्न लाग्दा पनि मन्त्री श्रेष्ठमाथि छानबीन, अनुसन्धान भएको सार्वजनिक भएको छैन ।महानगरिय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक एसएसपी अशोक सिंहलाई यस विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा उनले आफूले यस विषयमा बोल्न नहुने भन्दै प्रवक्तालाई पञ्छाए ।

उनले भने अनुसार दियोपोस्टले प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी रमेश बस्नेतलाई सम्पर्क गरेको थियो । तर, बस्नेतले पनि अनुसन्धानको विषय पत्रकारलाई भन्न मिल्दैन भन्दै पञ्छिए ।

यद्धपी उनले अनुसन्धान प्रतिवेदन सरकारी वकिल समक्ष पेश गरेको बताए । प्रहरी स्रोतका अनुसार पूर्व शिक्षामन्त्री श्रेष्ठलाई प्रहरीले पक्राउ गर्ने वा बयान लिने कार्य समेत गरेको छैन । तर, डिएसपी बस्नेत भने अनुसन्धान टुङ्ग्याएर जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरिसकेको दाबी गर्छन् ।

उनले भने, ‘हामीले जिल्ला सरकारी वकिलकोमा पठाएका छौँ, त्यहाँ के भएको छ बुझ्नु पर्छ ।’

पूर्व मन्त्री श्रेष्ठमाथि के कसरी अनुसन्धान गरियो ? भन्ने प्रश्नमा प्रवक्ता बस्नेतले प्रहरी कसरी अनुसन्धान गर्छ भन्ने विषय पत्रकारलाई भन्न नमिल्ने बताए । तर, प्रहरीले सामान्य घटनामा पक्राउ परेकालाई तस्विरसहित सञ्चारमाध्यममा ‘अपराध पुष्टि नहुँदै’ खबर छपाएर चरित्र हत्या गर्दै आएको छ । पूर्व शिक्षामन्त्री श्रेष्ठ राजनीतिक रुपमा शक्तिशाली भएका कारण उनी विरुद्ध परेको जाहेरी दर्ता भएको नभएको कुनै जानकारी समेत नदिई अनुसन्धान टुंग्याएर प्रतिबेदन बुझाएको छ ।

यता पीडित रुपा सुनार मन्त्री श्रेष्ठ र घरबेटी प्रधानमाथि प्रहरीले के कसरी अनुसन्धान गरेको हो कुनै जानकारी आफूलाई नभएको बताइन् ।
‘म टेकु पुगेर यो विषयमा बुझ्न खोजेकी थिएँ, इन्स्पेक्टरले जानकारी दिन खोज्नु भाथ्यो तर डिएसपीले खै किन हो अहिले परेन भन्दै जानकारी दिन रोक्नुभयो,’ रुपाले दियोपोस्टसँग भनिन् ।

पूर्वशिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठलाई प्रतिक्रिया लिन दियोपोस्टले सम्पर्क गर्दा उनले फोन उठाए । रुपा सुनार प्रकरणबारे प्रश्न गर्ने वित्तिकै उनले यस विषयमा पछि कुरा गरौँला भन्दै फोन राखिदिए ।

के थियो घटना ?


गत असार १ गते कोठा खोज्न गएकी सञ्चारकर्मी रुपा सुनारलाई शुरुमा घरबेटी सरस्वति प्रधानले कोठा दिने पक्का गरेकी थिइन् । उनीहरुबीच भाडा मोलतोल समेत भएको थियो ।

तर, पछि रुपाको जात थाहा पाएपछि घरबेटी प्रधानले कोठा भाडामा दिन अस्विकार गरेकी थिइन् । सञ्चारकर्मी समेत रहेकी रुपाले सामाजिक सञ्जालमा घटना विवरण सर्वजनिक भएपछि चौतर्फी आलोचना भएको थियो ।

उनले असार ३ गते आरोपित प्रधान विरुद्ध जातिय छुवाछुूत र सजाय ऐन अनुसार कारबाही माग गर्दै महानगरिय प्रहरी बृत्त सिंहदरबारमा जाहेरी दिएकी थिइन् । तर, प्रहरीले शुरुमा जाहेरी नै दर्ता नगरेपछि सञ्चार माध्यमहरुले प्रमुखताका साथ खबर छापेका थिए । साँझ परेपछि प्रहरीले जाहेरी दर्ता गरेको थियो ।

प्रहरीले आरोपितलाई पक्राउ गर्न ४ असारमै पक्राउ पुर्जी लिएको थियो । तर, ६ असारमा मात्रै घरधनी प्रधानलाई पक्राउ गरी मुद्दाको प्रक्रिया अघि बढाएको थियो ।अनुसन्धानको क्रममा रहेको मुद्दामा तत्कालिन शिक्षामन्त्री श्रेष्ठले ८ असारमा प्रहरी वृत्तमै पुगेर पीडक प्रधानलाई रिहा गराएर सरकारी गाडीमा राखेर घरसम्मै पुर्याएका थिए । यो घटनापछि शिक्षामन्त्री श्रेष्ठको चर्को आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved