Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सशस्त्र प्रहरीको जनशक्ति थप्न सरकार गम्भीर छ : गृहमन्त्री खाँण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 18, 2021
45 shares

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले मुलुक र जनताको सुरक्षाको महत्वपूर्ण जिम्मेवारी पाएको सशस्त्र प्रहरीमा जनशक्ति थप गर्दै साधन स्रोत सम्पन्न गराउने सन्दर्भमा सरकार गम्भीर रहेको बताए ।

काठमाडौँको हलचोकस्थित सशस्त्र प्रहरी बल नेपालको निरीक्षणपछि आज आयोजित समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले सीमा सुरक्षा चौकीको सङ्ख्या थप्ने, प्रहरीको क्षमता वृद्धि गर्ने र भइरहेका चौकीको स्तरोन्नति गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले जनशक्तिकोे वृद्धि, स्रोत साधन र क्षमतावान बनाउन नेपाल सरकार गम्भीर रहेको र सशत्र प्रहरी हरेक क्षेत्रमा काम गर्नका लागि एक्लै छैन भनेर विश्वास दिलाए ।

मन्त्री खाँणले आगामी दिनमा अझै थप जिम्मेवारीका साथ कर्तव्य निर्वाह गर्ने आशा व्यक्त गरे ।

“सशस्त्र प्रहरीलाई साधन स्रोतयुक्त बनाउन सरकारले सक्दो पहल गर्ने छ, त्यसका लागि नेपाल मन्त्रालय गम्भीरतापूर्वक लाग्नेमा विश्वस्त गराउँदछु”, मन्त्री खाँणले भने ।

उनले अझै पनि कोरोनाको प्रभाव गम्भीर चुनौतीको रूपमा रहेकाले आम नेपालीलाई कसरी जोगाउने भन्ने विषयमा सरकार गम्भीरताका साथ काम गरिरहेको बताए ।

जनताको जीवन रक्षाका लागि अझै गम्भीरतापूर्वक लाग्न उनले सशस्त्र प्रहरीलाई निर्देशन दिए ।

मन्त्री खाँणले नेपाली जनताको जीवन रक्षा पहिलो दायित्व भएकाले सरकार जनताको समस्याबाट टाढा जान नसक्ने स्पष्ट पारे । उनले भने , “आम नागरिकको जीवन रक्षा गर्नु हामी सबैको पहिलो दायित्व हो, त्यसैले नेपालका सबै सुरक्षा निकायले गम्भीरताका साथ पहल गर्नुपर्छ ।”

उनले कोरोना महामारीलगायत विषम परिस्थितिमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मीलगायतले खेलेको भूमिकाको सराहना व्यक्त गरेका थिए ।

मन्त्री खाँणले मुलुकमा अझै पनि कोरोनाको तेस्रो लहरको खतरा रहेकाले सबै सचेत हुनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved