Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मास्क अभियान : तीन करोड मास्क निःशुल्क बाडिने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 16, 2021
30 shares

भक्तपुर- ‘मास्क लगाऔँ एक अर्कालाई बचाऔँ’ भन्ने नाराका साथ राष्ट्रव्यापी रुपमा ‘नेपाल मास्क कार्यक्रम’ शुभारम्भ गरिएको छ । आज भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ दुई पोखरीबाट मास्क लगाऔँ अभियान शुभारम्भ गरिएको हो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र मध्यपुरथिमि नगरपालिकाका प्रमुख एवं उपत्यका नगरपालिका फोरमका सचिव मदनसुन्दर श्रेष्ठले एकैसाथ स्वयंसेवक र स्थानीयवासीलाई मास्क वितरण गर्दै अभियानको शुरुवात गरेका हुन् ।

ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले सबैसँग मास्क भए पनि कसैको मास्क हातमा, कसैको चिउँडोमा र कसैले खल्तीमा राखेर हिड्ने गरेकाले प्रभावकारी नभएको बताए । उनले मास्क कसरी लगाउने र कोरोना भाइरसबाट कसरी सुरक्षित हुने भनेर घरघरमा गएर जनचेतना फैलाउनुपर्ने आवश्यकता औँल्याए ।

कोभिडले विश्वलाई नै प्रभावित पारिरहँदा कोरोना भाइरस विरुद्धको भ्याक्सिन आउनुभन्दा अगाडि नै मास्क प्रभावकारी देखिएको चर्चा गरे ।

स्थानीय सरकारले कोरोना भाइरस सङक्रमण रोक्न उल्लेख्य भूमिका निर्वाह गरेको बताउँदै उनले भने, “नेपालमा स्थानीय सरकार नभएको भए केन्द्रीय सरकारले कोरोना महामारीमा केही गर्न सक्दैनथ्यो, जनता भकाभक मर्थे, कोरोना सङ्क्रमण रोक्न र जनताको सुरक्षामा स्थानीय सरकारले धेरै काम गरेको छ, मध्यपुरथिमि नगरपालिका त नमूना नै सावित भयो, यहाँबाट हामीले पनि धेरै सिक्यौँ ।”

कोरोनाको तेस्रो लहरसँग जुध्न तयारीमा सबै स्थानीय तह रहनुपर्ने भन्दै उनले पाटन दरबार क्षेत्र र सार्वजनिक क्षेत्रमा ‘नो मास्क नो इन्ट्रि अभियान’ पनि चलाएको बताए ।

त्यसअवसरमा मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठले कोरोना भाइरस दिनदिन नै बढ्दै गएको र तेस्रो लहरको जोखिम बढेको अवस्थामा नेपाल मास्क अभियान मध्यपुरबाट शुरु गरिएको बताए ।

कोरोना प्रतिकार्यमा सफल व्यवस्थापन स्थानीय तहले गरेको छ भन्दै उनले कोरोनाबाट बच्ने सजिलो र सस्तो तरिका मास्कको सही प्रयोग नै भएको बताए । उनले सबै नागरिकसम्म भ्याक्सिन नपुगेसम्म मास्क अभियानले कोरोना सङ्क्रमण कम हुन्छ भन्ने विश्वास रहेको भन्दै मास्क अभियानले कोभिडको तेस्रो लहरलाई परास्त गर्न कोशेढुङ्गा सावित हुने दाबी गरे ।

“थिमिमा आजबाट २० पटकसम्म धोएर पुनः प्रयोग गर्न मिल्ने बङ्गलादेशबाट आएको पाँच लाख मास्क वितरण गर्दछौँ, त्यसका लागि १५ जना स्वयंसेवक प्रत्येक घरघरमा पुगेर मास्क वितरण गर्दै मास्क कसरी प्रयोग गर्ने भनेर सिकाउने छन्”, नगर प्रमुख श्रेष्ठले भने, “अमेरिकाबाट तीन करोड मास्क आउँदैछ, त्यो मास्क उपत्यका मेयर फोसममार्फत उपत्यकाका सबै पालिका र देशभरका पालिकामा वितरण गर्ने अभियान चलाइनेछ ।”

स्वयंसेवकले एउटा घरमा तीन जना वा कम सदस्य भए २५ वटा मास्क र तीन जनाभन्दा बढी सदस्य भए एक प्याकेट अर्थात ५० वटा मास्क निःशुल्क वितरण गर्नेछन् ।

कोरोना भाइरसको तेस्रो लहरलाई परास्त नगरेसम्म मास्क लगाउन छाड्दैनौँ भन्ने प्रतिबद्धता आवश्यक रहेको बताउदै उनले मध्यपुरथिमि नगरपालिकाले नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताललाई पालिकामै पहिलो अक्सिजन प्लान्ट, नेपालमै दोस्रो पीसीआर मेशिन जडान गरेको, तेस्रो लहरको तयारीका लागि २५ श्ययाको एचिओ, १५ श्ययाको आइसियु, ६ श्ययाको पेराटिक आइसियु र १० श्ययाको भेन्टिलेटर तयारी अवस्थामा राखेको बताए ।

त्यसअवसरमा मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, वडा नं. ४ का वडाध्यक्ष कुमार श्रेष्ठले मास्क हातमा, गोजीमा र चिउँडोमा लगाउने प्रवृत्ति अन्त्य गर्दै सही तरिकाले मास्क लगाउन सिकाउनुपर्ने आवश्यकता औँल्याए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved