Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

तालिवानको कब्जामा जाँदै अफगानिस्तान, कस्ले प्रभाव बनाए कस्ले गुमाए

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 15, 2021
501 shares

एजेन्सी, अफगानिस्तान तालिवानको कब्जामा जान लागेको छ । अहिलेकै गतिमा तालिवान अगाडि बढे यसै हप्ता अफगानिस्तान उनीहरुको कब्जामा जाने निश्चितप्रायः भएको हो ।
तालिवानले अफगानिस्तानको मुख्य शहरमध्ये दुईवटामा मात्र कब्जा जमाउन बाँकी रहेको छ । उनीहरु राजधानी काबुलतर्फ बढिरहेका छन् । काबुलबाट ४० किलोमिटर टाढाका शहरहरुमा उनीहरुको नियन्त्रण कायम भइसकेको छ ।

शनिबार अफगानिस्तानको चौंथो ठूलो शहर मजारे सरिफ तालिवानको कब्जामा गइसकेको छ । मजारे सरिफका अफगानी सैनिक सीमा क्षेत्रतर्फ भागेका छन् । विगतमा पनि सरकारी सैनिकहरु भागेर सीमा पारी गएका थिए ।

मजारे सरिफका दुई शक्तिशाली व्यक्तिहरु अब्दुल रसिद दोस्तुम र अता मोहम्मद नुरको अवस्था अज्ञात छ । उनीहरु निकटस्थले भने सुरक्षित रहेको बताएका छन् । दोस्तुम उज्वेकी मूलका हुन् भने नुर ताजिक मूलका हुन् । उनीहरु शक्तिशाली युद्ध सरदार मानिन्छन् । अफगानिस्तानको उज्वेकस्तान र ताजिकिस्तान नजिकको क्षेत्रमा उनीहरुको प्रभाव छ ।

काबुललाई चारैतिरबाट घेरिरहेका तालिवानले जलालावाद पनि नियन्त्रणमा लिएका छन् । अब उनीहरुले दुईवटा मात्र मुख्य शहर नियन्त्रणमा लिन बाँकी छ ।

अफगानिस्तानमा तालिवान हावी भएपछि अमेरिका र पश्चिमाहरुको प्रभाव गुम्दै गएको छ । अमेरिकाले सैनिक फिर्ता लरेलगत्तै तालिवानको शक्ति बढेको हो । तालिवानलाई पाकिस्तानको बलियो साथ रहेको बताइन्छ । रुस र चीनले पनि तालिवानलाई भित्र भित्र सघाइरहेको चर्चा छ । केही हप्ता अघि तालिवानी नेताहरु रुस र चीन पुगेर त्यहाँका अधिकारीहरुलाई भेटेका थिए ।

अमेरिकाको प्रभाव गुम्दै जाँदा अफगानिस्तानमा चीनको प्रभाव बढेको छ । कुनैबेला रुसको प्रभाव भएको अफगानिस्तानमा शितयुद्धपछि उसको प्रभाव गुम्यो । त्यहाँ अमेरिका पस्यो । तालिवानले अमेरिकाको सहयोग पाएका थिए । पछि तालिवानलाई पराजित गरी अमेरिकी सैनिक तैनाथ भए । तर, अमेरिका पनि अफगानिस्तान छाड्ने निर्णयमा पुग्यो । पाकिस्तानले कहिले सोभियत संघ त कहिले अमेरिकाको साथ पाएर अफगानिस्तानमा भूमिका देखाइरह्यो ।

अहिले चीनको साथ लिएर पाकिस्तानले तालिवानलाई सघाएर अफगानिस्तानमा प्रभाव बनाएको छ । योसँगै भारतको प्रभावमाथि चुनौती बढेको छ । अफगानिस्तानको पूर्वाधार विकासमा भारतको ठूलो लगानी छ । त्यसमाथि संकट पर्न सक्ने देखिदैछ ।

अफगानिस्तानमा विगतमा जस्तै पाकिस्तानको साथ पाएका तालिवानहरुले कठोर शासन चलाउने सम्भावना बढेर गएको छ । अफगानिस्तान फेरि तालिवानको क्रुर शासनमा पर्ने खतरा बढेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved