काठमाडौँ– संयुक्त राष्ट्रसंघ ९यूएन० को शान्ति मिसनमा पठाउन नेपाल प्रहरीले लिने आन्तरिक परीक्षा ९प्रि(स्याट० को प्रश्नपत्र लिक प्रकरणमा दुईजना प्रहरीलाई निलम्बन गरिएको छ ।
प्रहरी प्रवक्ता बसन्त कुँवरका अनुसार छानविन समितिले सिफारिस गरेका आधारमा हवल्दार कुमार शाह र कार्यालय सहयोगी सुरेश बमलाई निलम्बन गरिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार ‘समितिको सिफारिसका आधारमा अहिले दुईजनालाई निलम्बन गरेका हो, प्रहरी नायव निरीक्षक ९सई० जनकबहादु थापालाई निलम्बन गर्न बाँकी रहेको र , उनलाई पनि प्रक्रिया पुर्याएर निलम्बन गर्ने जनाएको छ ।
यूएन मिसनको प्रश्नपत्र लिक प्रकरणमा १४ जना दोषी
प्रहरी नायव महानिरीक्षक ९डिआईजी० वसन्त लामा नेतृत्वको समितिले प्रश्नपत्र लिक प्रकरणको छानबिन गरेर ३ जनालाई सेवाबाट हटाउन, ११ जनालाईलाई विभागीय कारवाही गर्न र परीक्षा रद्द गर्नेलायात सिफारीस गर्दै ५५० पृष्ठको प्रतिवेदन बुझाएको थियो ।
अहिले प्रहरी प्रधान कार्यालयले साउन १५ र १६ मा चार सेटको प्रश्नपत्रको आधारमा केन्द्र र प्रदेशमा लिइएको परीक्षासमेत रद्द गरेको छ । समितिले प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा र वेद विष्ट तथा डिएसपीहरू सुगन्ध श्रेष्ठ र रुपेश खड्कासहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो ।
यही साउन १५ र १६ गते प्रहरी प्रधान कार्यालय तथा सात प्रदेश प्रहरी कार्यालयमा परीक्षा सञ्चालन भएको थियो । परीक्षामा जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० सम्मका २ हजार ४ सय जना सहभागी थिए ।
