Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सुनसरी प्रहरीद्वारा एक महिनामा २३८ जना फरार अभियुक्त पक्राउ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 11, 2021
[webverse_shares]

अजमल अन्सारी,

सुनसरी। सुनसरी जिल्ला प्रहरी कार्यालयले एक महिना फरारी अभियानमा विषेश सुराकीको अधारमा २३८ जना फरार अभियुक्तहरुलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा ५५ जना महिला र १ सय ८३ जना पुरुष रहेको छन्। विभिन्न समयमा घटेका आपराधिक घटनामा संलग्न रहेका फरारीहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरि घटेका मुद्धा अन्तरगत कार्वाहीको लागि सुनसरी जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सन्जय शिंह थापाले बताउनुभयो।

सुनसरी अदालतबाट कैद र जरिवाना तोकिएको,फैसला भई तोकिएको सजाय भुक्तान नगरी फरार रहेका अभियुक्तहरु विषेश सुराकीको अधारमा खोजतलास गरी पक्राउ गरिएको छ । विभिन्न अपराधजन्य मुद्धाहरु फैसला कार्यान्वयन गर्न जिल्ला प्रहरी कार्यालय सुनसरी टोलीले श्रावण १ गते देखी चलाएको अभियानमा २३८ जनालाई नियन्त्रणमा लिएर सुनसरी अदालतमा कार्यवाहीको लागि पेश गरिएको छ। सुनसरी प्रहरीको फरारी पक्राउको अभियान अपराधीक घटना घटाई समाजमा निस्फिक्री हिड्ने प्रवृतिका विरुद्द यो अभियान लक्षित गरिएको सुनसरी प्रहरी उपरीक्षक थापाले बताउनुभयो। अपराध गरी जतिसुकै भागेपनि उन्मुक्ति पाउन सकिदैन वा कानूनी दायराबाट उम्कन सकिदैन भन्ने सन्देश समेत यो अभियानले दिएको छ ।

यसै अभियान अन्तरगत एक महिना अवधीमा पक्राउ परेका फरार प्रतिवादीहरु मध्यै कर्तव्य ज्यान, डाँका, अपहरण तथा शरिर बन्धक, कुटपिट, चोरी, किर्ते,जालसाजी, लागुऔषध, ज्यान मार्ने उद्योग, भ्रष्टचार आदीमा सजाय तोकिएकाहरु रहेको सुनसरी प्रहरीले जानकारी दिनुभयो। पक्राउ परेका फरार अपराधीहरुवाट ४९ वर्ष कैदसजाय फर्छ्योट भएको समेत रहेको छ र नौ लाख पैतिस हजार तीन सय उनान्साठी रुपैया जरिवाना समेत असुल भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

फरार पक्राउ क्रममा २०६६ बैशाख१६ गते आफ्नी ५ वर्षिया नातिनी सोशिला कुमारी खत्वेलाई घाटी बटारी मारेर प्लाष्टिकको बोरामा हालेर खेतमा गाडी फरार रहेका वसन्त खत्वे समेत रहेको छ, खत्वेलाई जिल्ला अदालत सुनसरीबाट जन्म कैद सजाय तोकिएको छ। यसैक्रममा फरारी पक्राउ अभियानमा अब्दुललाई डाका मुद्दा ६ वर्ष र बहत्तर हजार सातसय पचास रुपैया जरिवाना,ईसराइललाई डाका मुद्धामा ६ वर्ष र बहत्तर हजार सातसय पचास रुपैयाँ जरिवाना, हनिफलाई अपहरण र शरीर बन्धक मुद्धामा ११ बर्ष कैद र एक लाख जरिवाना,बसन्तलाई कर्तव्य ज्यान मुद्धामा २० वर्ष कैद रहेको जस्ता अपराधीहरु रहेको जिल्ला प्रहरी सुनसरीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved