उमेश भुजेल,खोटाङमा रीचार्ज पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका – ७ महदेवथानस्थीत रीचार्ज पोखरीमा डुबेर मृत्यु भयको हो । मृत्यु हुनेमा हलेसी तुवाचुङ गरपालिका – २ बाहुनीडाँडाका अन्दाजी ४५ वर्षिय साबु राईको रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनायको छ ।
पोखरीमा अन्य मानिसहरु पौडीखेल्न थालेपछी उनी पनि उत्त पोखरीमा पसेको उनकी श्रीमती इवासरी राईले बताइन । शारीरिकरुपमा अपाङ्ग समेत रहेका राई विगत ९ वर्षदेखी परीवार सहित हलेसीमा बस्दै आएका थिए । यस भन्दा अगाडि सोहि पोखरिमा एक बालकको पनि डुबेर मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय खोटाङले जनायको छ ।
