Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रधानमन्त्री देउवाद्वारा बाढी पहिराे प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज जडान गर्न निर्देशन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 11, 2021
237 shares

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरो प्रभावितहरुका लागि राहत, उद्धार र खाद्यान्न अभाव हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को सातौँ बैठकमा मंगलबार उहाँले सिन्धुपाल्चोक, मनाङ लगायतका जिल्लामा बाढी पहिराले बगाएका पुलहरुका स्थानमा बेलीब्रिज तत्काल सञ्चालन गर्न निर्देशन दिनुभएको हो ।

यस्ता पुलहरु सञ्चालन गर्न समय लाग्ने स्थितिमा नेपाली सेनामार्फत मोड्युलर यान्त्रिक पुल निर्माणको व्यवस्था मिलाउनसमेत निर्देशन दिनुभएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत एवं परिषद्का सदस्यसचिव अनिल पोखरेलले जानकारी दिनुभयो ।

बैठकमा बाढीपहिरो र प्राकृतिक विपद्बाट ठूलो क्षति भएको परिस्थितिको समीक्षा गरिनाका साथै मनसुन बाँकी नै रहेको अवस्थामा तीनै तहका सरकार र सबै सुरक्षा निकायको समन्वयमा राहत, उद्धार र खाद्यान्न वितरणको व्यवस्था मिलाउन प्रधानमन्त्री देउवाले निर्देशन दिनुभएको छ ।

मेलम्ची क्षेत्रमा गेगरानसहितको ठूलो पहिराले भएको क्षति सम्बन्धमा विश्वमा भएका सबै ज्ञान र सीपको प्रयोग गरेर निराकरणको उपाय पहिल्याउने बारेमा समेत छलफल भएको सदस्यसचिव पोखरेलले बताउनुभयो । प्रधानमन्त्री देउवाले प्राधिकरणलाई सशक्त बनाउन संस्थागत सुदृढीकरणका लागि ओ एन्ड एम सर्भे गर्न तथा गृह मन्त्रालयले हाल परिचालन गरिरहेको विपद् कोषलाई नियमावली बनाएर विपद् जोखिममा तत्काल गर्नुपर्ने कामका लागि प्राधिकरणलाई हस्तान्तरण गर्नसमेत निर्देशन दिनुभएको उहाँले जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवाको अध्यक्षतामा सम्पन्न परिषद्को बैठकमा सबै मन्त्रीहरु, मुख्य सचिव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, चारै सुरक्षा निकायका प्रमुख उपस्थित हुनुहुन्थ्यो भने सातै प्रदेशका राससFमुख्यमन्त्री कार्यालय जुममार्फत जोडिएका थिए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved