सहकारीको पैसा चोरी गरेको आरोपमा पक्राउ परि हिरासतमै मृत्यु भएको बाह्रबिसे न.पा. -७ का बसेला तामाङको शब बिगत पाच दिन देखि पोष्ट मार्टमको लागि भनि अस्पतालको शब घरमा राखिएको थियो । आज टीचिङ अस्पतालमा उनको शबलाई पोष्ट मार्टम गरिएको छ ।
दिउसो करिब एक बजे बाट सुरु गरेर करिब पाच बजे सम्म पोष्ट मार्टम गरिसकेपछि स्वास्थकर्मिहरुको समुहले मौखिक केहि रिपोर्ट दिएका छन् । भने बाकि लिखित रिपोर्ट भने सम्पुर्ण जाच सकिसकेपछि मात्र आउने बताएका छन् ।
पोष्ट मार्टम गरिसकेपछि तामाङको शबलाई अहिले अस्पतालको शब घरमा नै राखिएको छ । स्वास्थकर्मिहरुको मौखिक रिपोर्ट अनुसार उनको शरिरमा देखिएको चोट लडेर वा कतै ठोक्किएर भएको हैन । बाकि रिपोर्ट आएपछि थाहा हुनेस्रोतले बताए ।
