Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

परासी खानेपानी तथा सरसफाई उपभोक्ता समिति विरुद्ध अख्तियारमा उजुरी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 10, 2021
[webverse_shares]

नवलपरासी । पश्चिम नवलपरासीको परासी खानेपानी तथा सरसफाई उपभोक्ता समिति विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयाेग बुटवलमा उजुरी परेकाे छ । समितिका पदाधिकारीहरुले आफ्नो पदको दुरुपयोग गरी विधान मै नभएको पदमा रु. २,५०,००० (अक्षरुपी दुई लाख पचास मात्र) घुस खाइ सोही जिल्लाको रामग्राम नगरपालिका वडा नम्बर ५ बस्ने समीक्षा यादवलाई कार्यालय व्यवस्थापक एवं लेखा हेर्ने भनि गैर कानुनी तरिकाले नियुक्ति दिइएको नगरवासीले आरोप छ ।

यसको विरुद्ध दुईपटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा उजुरी दिएको तर हालसम्म कुनैपनि कार्यवाही नभएकोले यो तेस्रो पटक कार्यवाही हुने आशाले अख्तियार कार्यालय बुटवलमा उजुरी दिएका छन्। परासी खानेपानी तथा सरसफाई उक्त समितिको बिधानमा कार्यालय व्यवस्थापक एवं लेखपालको दरबन्दी नरहेको, निज समीक्षा यादवले समितिको कार्यालय व्यवस्थापक पदमा स्वामसेवकमा सेवा गर्ने पाउ भनी निवेदन समितिको कार्यालयमा मिति २०७७/११/२५ गते दिएको दर्ता न १३४ रहेको, मिति २०७७/११/२५ गते नै परासी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका पदाधिकारीहरूको बैठक रामग्राम नगरपालिका वडा नम्बर ६ पोखारपलीको बृहत खानेपानी सुधार विस्तार आयोजनाको भवनमा भएको र परासी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको बैठक विगत २० वर्ष देखि आफ्नो कार्यालय रामग्राम नगरपालिका वडा नम्बर १ बाहेक बाहिर नभएको आर्थिक लेनदेन लुकाउनका लागि पहिलो पटक बाहिर बैठक गरेको तथ्य सहित आरोप लगाएका छन् ।

उक्त दिनको बैठकमा समिक्षा यादवलाई मासिक रु ६ हजार खाजा खर्च दिने गरी कार्यालय व्यवस्थापक एवं लेखा हेर्ने भनि स्वामसेवक नियुक्ति दिएको तर त्यसको २४ घण्टा भित्र पहिलो नियुक्ति बदर गरी स्वामसेवक लेखेको शब्दलाई काटी ज्यालादारी बनाई पुनः नियुक्ति दिइएको आरोप लगाएका छन्। निज समीक्षा यादवलाई नियुक्ति दिएको मितिबाट एक महिना सो बैठकमा कार्यालय व्यवस्थापकको दरबन्दी सिर्जना गरेको तथा उक्त बैठकमा समीक्षा यादव दिनको साढे १ बजे आफ्नो श्रीमान सहित गएको र निजले १ हजारको नोट १ थान , पाँच सयको ३ थान गरी जम्मा रु २,५०,००० समितिको बैठकमा अध्यक्षलाई दिएको जसमा अध्यक्षले रु ५०,०००/-, उपाध्यक्षले रू ५००००/-, सचिवले रु ५०,०००/- कोषाध्यक्षले रु ५०,०००/- र दुई जना सदस्यहररुले रु २५०००/२५०००/- रूपैया घुस लिएको तर बाकी दुई सदस्यले पैसा नलिएको आराेप लगाईएकाे छ ।

यस आरोपलाई प्रमाणीत गर्न बैठक सकेपछि रामग्राम नगरपालिका वार्ड नं १० पर्ने सन्ध्या रेस्टुरेन्टमा नास्ता खाएकाे बिल भुक्तानी कार्यालयबाट भएको एवम् अन्य नास्ताकाे भुक्तानी निज समीक्षा यादवको श्रीमानले भुक्तानी गरेको भुक्तानीबाट रकम हिनामिना भएको प्रमाणीत गर्न सकिन्छ भनेर आरोप लगाएकाे छ । घटनाको खोज अनुसन्धान पछी मात्र प्रमाणीत गर्न सकिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved