Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बाढी पहिरो प्रभावित मेलम्ची र हेलम्बुमा वैकल्पिक सडकमार्फत गाडी गुड्न थाले

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 10, 2021
[webverse_shares]

काठमाण्डाै – बाढी पहिरोका कारण सडक अस्तव्यस्त बनेको सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा वैकल्पिक सडकमार्फत गाडी चलाउन थालिएको छ ।

बाढीका कारण हेलम्बुमा मुख्य सडक सम्पर्क टुटे पछि वैकल्पिक सडक सञ्चालनमा ल्याएर पनि पालिकालाई सडक सञ्जालमा जोड्ने प्रयास थालिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसअघि नै खनिएका ग्रामीण सडकलाई मर्मत गरी ग्राभेल गरेर गाडी चलाउन थालिएको हो । हेलम्बु र काठमाण्डौलाई जोड्न साँखु, भोटेचौर, हैबुङ, पाटीभञ्ज्याङ हुँदै हेलम्बुको ग्याल्थुमसम्म पुग्न सकिने एउटा मार्ग तयार भएकाे छ ।

पाटी भञ्जाङ हुँदै काठमाण्डौको साँखु र सुन्दरीजल निस्कन सकिन्छ । यस्तै, सिन्धु हेलम्बु र आमा याङ्ग्री ह्योल्मोका वैकल्पिक बाटोका रूपमा नारायणटार, भोटचौर, धुसेनी, मानेभञ्ज्याङ, चापबोट, तालामाराङ बजार हुँदै तत्कालका लागि ढुङ्ग्रेबजारसम्म गाडी चलाउने तयारी गरिएको छ ।

हेलम्बुबाट मेलम्चीसँग सिधा सडक सञ्जाल नभए पनि वैकल्पिक बाटो प्रयोग गरी आवतजावतका लागि व्यवस्था मिलाइएको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो । त्यस्तै इन्द्रावतीको नवलपुरबाट मेलम्ची बससेवा पनि सुरु भएको छ। पाँचपोखरी थाङ्पालको भोटेनाम्लाङ हुँदै चौतारा–काठमाण्डौ जाने वैकल्पिक बाटो मर्मत थालिएको छ ।

गएकाे १६ को बाढी र पहिरोले मेलम्ची–भोताङ सडक र नवलपुर जाने पुल बगाएको त्यस्तै बाहुनेपाटीको पुल जोखिममा रहेकाले वैकल्पिक बाटोका रूपमा भोटेनाम्लाङ हुँदै चौतारा बाटो सफा गर्न थालिएको पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । यहाँबाट चौतारा हुँदै काठमाण्डौ पुग्न सकिने छ ।

पहिरोले हेलम्बु राजमार्गको जिरोकिलो–मेलम्ची खण्डमा अवरोध भएपछि मेलम्ची नगरपालिकाले पनि वैकल्पिक बाटो बनाउन जुटेको छ । नगरपालिकाका इञ्जीनियर जितबहादुर कार्कीका अनुसार तत्काल फटकशीलाको पहिरो पन्छाउन सम्भव नरहेकाले वैकल्पिक बाटोको निमार्ण गर्न लागिएको हो ।

किउल, पाल्चोक, दुवाचौर, मेलम्ची सडकको मर्मत गरी खुलाउने प्रयास थालेको मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले जानकारी दिनुभयो । गएको १६ गते र असार १ गतेको बाढी पहिरोले सडक सम्पर्क टुटे पनि हेलम्बु, पाँचपोखरी थाङ्पाल र इन्द्रावती गाउँपालिका तथा मेलम्ची नगरपालिका वैकल्पिक सडक सञ्चालनमा जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved