Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

माधव नेपाल धरोहर होइनन् ,गद्दार हुन् : नेता सत्यनारायण मण्डल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 10, 2021
36 shares

काठमाडौं । नेकपा एमाले स्थायी समिति सदस्य सत्यनारायण मण्डलले अबको पार्टी माधव नेपालाबिनाको एमाले बन्ने ठोकुवा गरेका छन् । उनले पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाको पिछलग्गु भएकाले वरिष्ठ नेता नेपाललाई केही दिनभित्रै पार्टीबाट हटाउन सक्ने पनि बताए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि आज बिहान पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै नेता मण्डलले भने, “माधव नेपाल कसैको इसारामा चलेका छन् । आफ्नै घरलाई खरानी बनाउनु कुनै कम्युनिस्ट नैतिकता हो ? त्यसैले माधव नेपाल धरोहर होइन, गद्दार हुन् । उनी होलीवाइनका सूत्रधार हुन् । सनातन धर्ममाथि प्रहार गर्ने मान्छे हुन् । केपी ओली एमालेका मात्र होइन, देशकै सगरमाथा हुन् । केपी ओलीजस्तो नेता नेपालको इतिहासमा कोही जन्मेकोे छैन ।”

अब माधव नेपाललाई पार्टीमा कुनै स्थान नरहने उनले बताए । उनलाई पार्टीमा भित्र्याए या अध्यक्ष पद दिए विद्रोह हुने दाबी गरे । “देउवा र प्रचण्डजस्ता भ्रष्ट नेतालाई अघि बढाउने माधव नेपाल राष्ट्रघाती हुन् । बिहान एउटा पद छोड, दिउँसो अर्को पद छोड, साँझ अर्को पनि छोड भन्ने माधव नेपाल हो को ? उनी स्वर्गका राजा इन्द्र हुन् कि ब्रह्म, विष्णु महेश्वर हुन् ? पार्टीको प्रधानमन्त्रीलाई निष्कासन गर्ने उनको के हैसियत छ ? दुई ठाउँमा हारेर प्रधानमन्त्री बनेका होइनन् ?”

उनले भदौ २७ र २८ गते एमालेको विधान अधिवेशन गरेरै छाड्ने र माधव नेपालले भन्दैमा त्यो नरोकिने दृढता पनि उनले व्यक्त गरे । उनले प्रश्न गरे, “हामीले विधान अधिवेशन गर्न लागेको हो, विधान संशोधन गरिसकेको होइन । माधव नेपाल हो को ? उनले भन्दैमा फिर्ता लिनुपर्छ ? माधव नेपालका दुईचार जना भरौटेले कुरा गर्दैमा जे पनि हुन्छ ? ऋषिजी, तपाईं पनि यो देशको स्थापित पत्रकार हो । जनतालाई दिग्भ्रमित नगर्नूस् ।”

फोटो फाइल बाट

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved