Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

हनुमानढोका क्षेत्रका २४ संरचना सम्पन्न, २१ निर्माणाधीन, २२ अलपत्र

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 10, 2021
30 shares

 

ईश्वर राज ढकाल ।

काठमाडौं। भूकम्पले ध्वस्त र क्षतिग्रस्त हनुमानढोका दरबार क्षेत्रका सबै सम्पदा पुनःनिर्माण सम्पन्न हुन अझै तीन वर्ष लाग्ने भएको छ । हनुमानढोका संग्रहालय विकास समितिका अनुसार सो क्षेत्रमा ८४ सम्पदामध्ये केही पूर्णरूपमा ध्वस्त र केही क्षतिग्रस्त भएका थिए ।

समितिका कार्यकारी निर्देशक सन्दीप खनालले हालसम्म २४ वटा पुनःनिर्माण सम्पन्न भएका, २१ वटा पुनःनिर्माणको क्रममा रहेका र २२ वटा पुनःनिर्माण शुरू नै नभएको जानकारी दिए । विश्वसम्पदा सूचीमा सूचीकृत दरबार क्षेत्रमा विभिन्न निकायले पुनःनिर्माण गरिरहेको छ ।

समितिका अनुसार दरबार क्षेत्रका सम्पदामध्ये केहीको पुनःनिर्माण गर्ने जिम्मा पुरातत्व विभाग, काठमाडौं महानगरपालिका हनुमानढोका दरबार क्षेत्र विकास समिति, उपभोक्ता समिति र संसद विकास कोषले लिएका छन् ।

तीमध्ये उपभोक्ता समिति र विभागको काम द्रुत गतिमा भइरहेको छ । युनेस्को विश्वसम्पदा समितिको हालै सम्पन्न बैठकले काठमाडौं उपत्यकाका सम्पदालाई खतरा सूचीबाट हटाएको छ । त्यसलगत्तै पुनःनिर्माणले तीव्रता पाउन थालेको जनाइएको छ ।

हनुमानढोकाभित्रको मूलचोक, नासलचोक, टागाछें, माजुदेगः, दुर्गा मन्दिर, काष्ठमण्डप, कालिका, भाजु चोकको दक्षिण र उत्तर भाग, दाखः चोकको दक्षिणी भाग, काशी विश्वनाथ, नील बाराही लगायतका सम्पदा पुनःनिर्माण सकिने चरणमा छन् ।

कार्यकारी निर्देशक खनालले हाल पुनःनिर्माणको क्रममा रहेका सम्पदाहरूमध्ये झण्डै एक दर्जन सम्पन्न हुने चरणमा रहेको जानकारी दिए– ‘कतिपय कोभिडको कारण त कतिपय कुन निकायले पुनःनिर्माण गर्ने भन्ने विषयमा विवाद देखिएकोले केही ढिलाइ भएको हो ।’

हाल हनुमानढोका दरबार परिसरमा रहेको काष्ठमण्डप उपभोक्ता समितिले, सांसद विकास कोषमार्फत जगन्नाथ मन्दिर, पुरातत्व विभागबाट दश अवतार र कम्फुकोटको पुनःनिर्माण भइरहेको छ । कामपा हनुमानढोका विकास समितिले जिम्मा लिएको नव आदर्श स्कुल रहेको भवन, कुमारीघर, शिवपार्वती, महाविष्णु मन्दिर पुनःनिर्माण शुरू भएको छैन ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved