Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

समाचार प्रकाशन लाई लिएर दियोपोस्टका प्रधानसम्पादक माथि धम्की

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 9, 2021
201 shares

काठमाडौं: दियोपोस्ट डटकममा प्रकाशित समाचारलाई लिएर एक व्यक्तिले विदेशी नम्बरबाट दियोपोस्टका प्रधानसम्पादक सुदीप विश्वकर्मालाई ‘समाचारको स्रोत के हो’ भन्दै धम्की दिएका छन् ।

आफू मनिन्द्रराज मल्लको नजिकको व्यक्ति रहेको बताउँदै धम्की दिएको प्रधानसम्पादक सुदीप विश्वकर्माले रिपोर्ट नेपाललाई बताएका हुन् । उनले बेलायती कोड भएको +४४७४०५८२७७७३ नम्बरबाट फोन गर्दै ‘समाचारको स्रोत के हो ?’ भन्दै धम्की दिएको जनाएका छन् ।

तपाईंले मनिन्द्र मल्ल भन्नेको समाचार लेख्नु भएको रहेछ । तपाईंलाई यो जानकारी कहाँबाट आयो ? ती व्यक्तिले स्रोत खोज्दै भने म उहाँ (मनिन्द्र मल्ल)को शुभचिन्तक हुँ । मेरो नाम सन्दिप हो । उहाँ केपी ओलीसँग जोडिएको छ भनेर कसरी थाहा पाउनु भयो । तपाईंको मिडिया दर्ता छैन भन्ने कुरा पनि हामीलाई जानकारीमा आएको छ । दर्ता छ भने ठीकै छ ।

ति व्यक्तिलाई सुचना विभागको दर्ता नम्बर नै चाहिन्छकी भनेर विश्वकर्माले जवाफ दिएपछि उनले भने,‘यो समाचारको सुत्र को पर्नुभयो । तपाईंले केपी ओलीको विषयमा लेख्नु भएको ठीक छ । तर उहाँ जोडिएको छ भनेर कसरी थाहा पाउनुभयो । यो समाचार माओवादीकोबाट आयो की कुलमानकोबाट आयो ? कुलमानको पनि फाइल अख्तियारमा छ भन्ने कुरा तपाईंलाई थाहा होला नी यो पनि लेखिदिनुस् न । कुलमानले ३० करोडभन्दा बढी भ्रष्टाचार गरेको छ । त्यो पनि लेखिदिनुस् ।

दियोपोस्टमा प्रकाशित समाचारले आफूहरुको चरित्रहत्या भएको ती व्यक्तिको दाबी छ । भिओआइपी कल बाइपासको अभियोगमा पक्राउ परेका मनिन्द्रराज मल्ललाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले बिद्युत प्राधिकरणमा आफ्ना प्रतिनिधिका रुपमा कमिशन उठाउन खटाएको विषयमा दियोपोस्टले समाचार छापेको थियो । सोही समाचारको विषयमा ती व्यक्तिले स्रोत मागेका हुन् ।

मल्ल भन्ने मान्छे नेपालमा दूरसञ्चारको क्षेत्रमा धेरै प्रकारका कामहरु गरेको छ । उहाँको नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिली अधिकारीसँग राम्रो सम्बन्ध छ। ति व्यक्तिले भने,‘उहाँले भिओआइपी कल बाइपासमा पनि सफाई पाउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved