Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

के एम सी ले काेभिडका बिरामिलाई फ्रिमा उपचार गर्ने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 3, 2021
477 shares

बैशाख १९,काठमाडौं । राजधानीको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा अब कोरोना संक्रमितको उपचार निःशुल्क हुने भएको छ । कोरोना संक्रमितलाई निःशुल्क उपचार गराउँनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र केएमसीबीच आइतवार सम्झौता भएको हो ।

सम्झौतासँगै अब कोरोना संक्रमितले केएमसीमा निःशुल्क उपचार पाउँनेछन् । उपचारका क्रममा लाग्ने खर्च स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ब्यहोर्ने सम्झौता पत्रमा उल्लेख छ । स्वास्थ्य मन्त्रालयसँग सम्झौता भएकाले अब केएमसीमा कोरोना संक्रमितको उपचार निःशुल्क हुँने अस्पतालका अध्यक्ष डा.सुनिल शर्माले सुचना चाैतारि डट कम लाई जानकारी दिए ।

‘स्वास्थ्य मन्त्रालयसँग सम्झौता गरेर हामीले कोरोना संक्रमितको उपचार निःशुल्क हुँने व्यवस्था मिलाएका छौं,’ डा.शर्माले भने, ‘अब कोरोना संक्रमितले केएमसीमा निःशुल्क उपचार पाउँछन् ।’

डा.शर्माद्वारा सञ्चालित विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पनि केही दिन अघिबाट कोरोना संक्रमितको निःशुल्क उपचार सुरु भएको छ । गत भदौं महिनाबाट केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेका डा.शर्माले अघिल्लो कोरोना महामारीमा सरकारले पीसीआर परीक्षण शुल्क ४ हजार ४ सय तोकेका बेला केएमसीमा २ हजार ५ सयमै पीसीआर परीक्षण गराएका थिए ।

सरकारले तोकेको भन्दा १ हजार ९ सय रुपैयाँ कम शुल्कमै पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाएपछि डा.शर्माले चौतर्फी प्रशंसा पाएका थिए । अहिले पनि सरकारले पीसीआर परीक्षणको अधिकतम शुल्क २ हजार तोकेका बेला डा.शर्माले केएमसीमा १ हजार ५ सय रुपैयाँमै पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाएका छन् ।

सुरुवातदेखि नै सरकारले तोकेको भन्दा कम शुल्कमै पीसीआर परीक्षण गराउँदै आएको केएमसीमा अब कोरोनाको उपचार पनि निःशुल्क हुँने भएपछि कोरोना संक्रमितहरुलाई थप राहत मिल्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved