आकाश मगर, उदयपुर।
उदयपुरमा रुखले किचेर आज एक महिलाको मृत्यु भएको छ ।मदनभण्डारि राजमार्ग अन्तर्गत उदयपुर जिल्लाको निकै चर्चामा रहेको पर्यटकिय स्थल उदयपुरगढी गाउपालिका ७ मा रहेको अधेरी झरना नजिक राजमार्गको छेउमा रोकिरहेको प्र २-०१-००१ ह ०५६० नम्बरको अटो भित्र बसिरहेको कटारी नगरपालिका ४ कि २८ बर्षिय निशा मगर दनुवारलाई मकिएको रुख ढलेर किच्दा उनको ज्यान गएको हो उनिहरु झरनामा नुहाउन र घुम्न आएका थिए रुखले किचेर श्रीमान श्याम दनुवार सहित तीन जना घाईते भएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ।
घाईते हुनेमा कटारी नगरपालिका -४ बस्ने ४० बर्षिय श्याम दनुवार,२७ बर्षिय मिना दनुवार कटारी नपा -५ का४८ बर्षिय कुमार तामङ्ग रहेकाछन। घाइते एक जनाको समान्य उपचार पछि डिस्चार्ज भएको र दुईजनालाई धरान घोपा रिफर गरिएको डिएसपी बेदप्रसाद गौतमले जानकारी दिनुभएको छ ।रुख लड्दा स १० प ३२७२ नम्बाको मोटरसाईकल समेत क्षति भएकाछन भने झरनामा नुहाउन जानेहरु भागेर ज्यान बचाएकाछन । पछिल्लो समय मदन भण्डारि राजमार्ग सडकखण्डहरु अत्याधिक बर्षाको कारण पहिरोको जोखिम भने धेरै छ ।
