Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पार्टीले गर्ने निर्णय व्यक्तिले भन्न सक्ने भए बैठक किन चाहियो र ? जे गर्छ, बैठकले गर्छ -रामकुमारी झाँक्री

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 6, 2021
117 shares

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीभित्र सम्मानजनक वातावरण नभएसम्म पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आत्मसमर्पण नगर्ने बताएकी छन् । नेपाली कम्युनिस्ट आन्दोलनको विभाजन, विखण्डन र विसर्जनको जिम्मेवारी ओलीले नै लिनुपर्ने उनको भनाइ छ ।

“आजको दिनसम्म केपी ओलीको करणी र कथनीमा फरक छ । उहाँलाई विश्वास गर्न सक्ने कुनै आधार छैन । उहाँले अर्काको दल पनि विभाजन गर्न खोज्नुभयो, आफ्नो दल पनि विभाजन गर्ने दुस्प्रयास गर्नुभयो,” आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँग कु्रा गर्दैै नेतृ झाँक्रीले स्पष्ट शब्दमा भनिन्, “उहाँमा गैरकम्युनिस्ट चरित्र देखिन्छ । उहाँको नेतृत्वमा कम्युनिस्ट आन्दोलनको पुनर्जागरण र पुनर्गठन सम्भव छैन । एकता भइहाल्यो भने पनि पार्टी चल्दैन । उहाँ नसच्चिकन, आजसम्मका राजनीतिक अपराध कबुल नगरेसम्म पार्टी यत्तिकै एकता हुन्न । पार्टी एकता आवश्यकता त हो तर ओलीसँग आत्मसमर्पण गरिँदैन ।”

नेतृ झाँक्रीले ओलीसँग माधवकुमार नेपालले अध्यक्ष पद नमागेको दाबी गरिन् । “अध्यक्ष पद हामीले मागेका छैनौं । नवौं महाधिवेशनबाट पारित विधान एक अध्यक्षात्मक छ । यो त बूढानीलकण्ठमा दुई नेतालाई भेट गराउने बिचौलियाले फैलाएको प्रपोगान्डा हो । वार्ता समितिका कमरेड या हामीले मागेका छैनौं । हामीले त २०७५ जेठ २ गतेअघिको कमिटी, सदस्य, विधान र पद्धति मागेका हौं । दुई अध्यक्ष अराजनीतिक व्यवस्था हो,” उनले भनिन् ।

पार्टीलाई विभाजन र विघटनमा लाने ओली नैतिकतामा आधारमा अध्यक्ष पदबाट हट्नु आवश्यक भएको उनको तर्क छ । “एमालेको महाधिवेशन भएको सात वर्ष भइसकेको छ । विधानतः ५ वर्षमा महाधिवेशन गर्नुपर्ने हो । उहाँ महाधिवेशन नगरी ३५ महिनाभन्दा बढी अध्यक्ष भइसक्नुभयो । यसबाट उहाँको वैधानिकतामै प्रश्न उठिसकेको छ,” उनले थपिन्, “ओलीले आफ्नो सरकार आफैं गिराउनुभयो । दुई तिहाई नजिकको सरकारको विघटन र पार्टी विभाजन गर्ने उहाँ एमाले अध्यक्ष हुन लायक हुनुहुन्न ।”

कर्णाली प्रदेशमा विद्रोह गरेको चार जना सांसदको पद गुमेपछि पार्टीको बहुमत नभएको, लुम्बिनी प्रदेशमा सांसदलाई निवासमा बन्धक बनाएको र सरकार अल्पमतमा परेको अनि गण्डकी प्रदेशमा सरकार ढलेको जिम्मेवारी पनि ओलीले नै लिनुपर्ने उनको भनाइ छ । दुई पटकसम्मको संसद् विघटन र संविधान च्यातचुत पार्ने कदमको जवाफ दिँदै ओलीले सारा कमीकमजोरीको जिम्मेवारी लिनुपर्ने झाँक्रीले बताइन् ।

“अझै पनि ओली अराजनीतिक क्रियाकलाप गरिरहनुभएको छ । दलाललाई साथमा लिएर हिँड्ने गरिरहनुभएको छ, पार्टीका नेतालाई एकले अर्को विरुद्ध प्रयोग गरेर अपमानित गरिरहनुभएको छ,” उनले भनिन्, “म नै राज्य हुँ भन्ठानेर मनोमानी गर्ने, पार्टी कब्जा गर्ने, कमाउ धन्दा चलाउने, सांसद नभएका मान्छेलाई मन्त्री बनाउने, अध्यादेशबाट निर्लज्ज ढंगले सरकार सञ्चालन गर्ने, विखण्डनकारीसँग हातेमालो गरेर संविधानलाई च्यातचुत पार्ने काममा ओली एक्लो दोषी हुन्, अरु सहयोगीमात्र हुन् ।”

माधव नेपालको नेतृत्वमा संविधानको रक्षा र संसद्ले पुनर्जीवन पाएको र ओलीको स्वेच्छाचारितमा अंकुश लगाउन सफल भएको उनको दाबी छ । अहिले जारी माधव नेपाल पक्षको केन्द्रीय समिति बैठकमा देउवा सरकारमा जाने विषयमा कुनै छलफल नगरेको उनले बताइन् ।
अब एमालेले प्रमुख प्रतिपक्षमा बसेर सरकारलाई रचनात्मक सहयोग गर्ने, गलत कामकारबाहीविरुद्ध खबरदारी गर्नुपर्नेमा उनको जोड छ । “तत्काल हामी सरकारमा जान्नौं । सरकारलाई खोप, रोजगारी, अर्थतन्त्र चलायमान बनाउन सहयोग गर्छौं,” उनले भनिन्, “निर्वाचनपछिमात्र सरकारमा आउँछौं ।”

जारी बैठकमा भीम रावलले ढुलमुले नेताका रुपमा नखुइल्याएको पनि उनले जिकिर गरिन् । आफ्नो विचार व्यक्ति होइन, प्रवृत्तिमा लक्षित भएको उनको धारणा छ । अब माधवकुमार नेपाल पक्ष प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारमा जान्छ कि एमाले अध्यक्ष ओलीसँग सहकार्य गर्छ भन्ने पत्रकार धमलाको प्रश्नमा नेतृ झाँक्रीले भनिन्, “पार्टीले गर्ने निर्णय व्यक्तिले भन्न सक्ने भए बैठक किन चाहियो र ? जे गर्छ, बैठकले गर्छ ।”

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved