Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

इजरायलमा रोजगारीको नाममा ठगी धन्दा सुरु

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 6, 2021
[webverse_shares]

काठमाडौं, करिब पाँच वर्षदेखि रोकिएको इजरायल रोजगारी खुलेको छ। इजरायलमा एक हजारलाई रोजगारी खुलेको एक हप्तामै विभिन्न प्रलोभन देखाएर हुने ठगी धन्दासमेत सुरु भएको छ ।

केही दिनयता सामाजिक सञ्जालमा विभागबाहेक अर्को पक्षले २५० आवेदकलाई परीक्षा उत्तीर्ण गराइदिने भन्दै बोलेको एक अडियो सार्वजनिक भएपछि ठगी धन्दा सुरु भएको प्रष्ट भएको छ । आवेदन दिने व्यक्तिलाई प्रलोभनमा पारी भ्रम फैलाई रकमसमेत उठाउने कार्य भइरहेको अडियोबाट अनुमान लगाउन सकिन्छ ।

उक्त अडियो सार्वजनिक भएपछि वैदेशिक रोजगार विभागले यस्ता अनधिकृत समूहको लहैलहमा नलाग्न अनुरोध समेत गरेको छ । नीजि क्षेत्रसंग कुनै सम्झौता नभएको र इजरायलमा केयरगिभर श्रमिक पठाउने विषयमा सरकारसँग आफ्नो सम्झौता भएको भन्दै सामाजिक सञ्जालमार्फत आवेदन माग गरेर गलत प्रचारप्रति युवालाई सचेत विभागको आग्रह छ ।

विभागद्वारा जारी विज्ञप्तिमा इजरायलमा केयरगिभर छनोट गरी पठाउन सरकारसँग आफ्नो सम्झौता भएको छ भन्दै सामाजिक सञ्जालमार्फत आवेदन दिने व्यक्तिलाई प्रलोभनमा पारेको र भ्रम फैलाएकोबारे विभागको ध्यानाकर्षण भएको उल्लेख छ।

पछिल्लो समय वैदेशिक रोजगार व्यवसायी कम्पनी, कन्सल्टेन्सी, एजेन्सीलगायत व्यक्तिगत तवरमा पनि इजरायल पठाइदिन्छु भन्दै रकम पनि असुल्ने गरेको पाइएको भन्दै यसबारे विभागले विज्ञप्तिमार्फत सचेत गराएको हो ।
कामदार प्रतिस्पर्धाका आधारमा छनोट हुने विभागले प्रष्ट पारेको छ ।

इजरायलमा जाने नेपाली २५ देखि ४५ वर्ष उमेर समूहको हुनुपर्छ। दसजोड दुई पास गरेर तीन महिनाको केयर गिभर तालिम लिएकाले वा १५ महिने अनमी पढेकाले इजरायलमा अवसर पाउनेछन। इजरायल जान हिब्रु र अंग्रेजी भाषा जान्ने हुनुपर्छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved