Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

झूटो खबर फैलाउँदै पूर्वसचिव उपाध्याय : केपी ओलीको काका भन्दै घिमिरेको तस्विर भाइरल !

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 5, 2021
168 shares

काठमाडौं, २० साउन । सामाजिक सञ्जालमा निकै सक्रिय रहेका पूर्वसचिव भिम उपाध्यायका लाखौँ फलोअर छन् । पूर्वसचिव भएका कारण उपाध्यायले लेखेका सुचनालाई मानिसहरुले विश्वास पनि गर्छन् ।

तर, पूर्वसचिव उपाध्यायले सामाजिक सञ्जालमा झूटो अफवाह फैलाउँदै आएको पाइएको छ । सामाजिक सञ्जालमा केपी ओलीका काका भन्दै एक व्यापारीको तस्विर राखेर उनले एउटा सुचना सार्वजनिक पाइएको छ ।

उपाध्यायले सामाजिक सञ्जालमा सोमबार लेखेका छन्,–‘ललिता निवास ११४ रोपनी सरकारी जग्गा गैरकानुनी रुपमा दर्ता गर्नेमध्येका एक योजनाकार ब्यापारी सुहृदराज घिमिरेकी पत्नी रेखा घिमिरेलाई जाँदाजादै केपी ओलीको निर्देशनमा केपीकै काका नाता पर्ने राष्ट्रिय प्रकृति संरक्षण कोषको बोर्डका अध्यक्ष डा केपी ओली (कृष्णप्रसाद ओली) ले उद्यमी र परोपकारी कार्य गर्नेको कोटामा सदस्यमा नियुक्त गराएर गएका रहेछन् । ललिता निवासको १३ रोपनी जग्गा सुहृद घिमिरेकी सासुआमा इन्दु शर्माको नाममा रहेको छ र उनीबिरूद्ध मुद्दा चलिरहेको छ । फोटोमा अध्यक्ष डा केपी र रेखा घिमिरे । ( नेपालफेसबाट) ।’

केपी ओलीका काका नाता पर्ने भनिएका वास्तविक व्यक्ति

प्रकृति संरक्षण कोषमा घिमिरेकी पत्नी रेखा घिमिरे नियुक्त भएको साँचो हो । रेखाकी आमा तथा सुहृदराज घिमिरेकी सासु आमाको नाममा बालुवाटारको १३ रोपनी जग्गा पास भएको पनि हो ।

त्यो जग्गा किनबेच गर्न घिमिरेले आफ्नै साझेदार पुरुषोत्तम पौड्याललाई अघि सारेका पनि हुन् । तर, उपाध्यायले सामाजिक सञ्जालमा राखेको रेखासँगै रहेका तस्विरमा देखिएका व्यक्ति भने केपी ओलीका काका कृष्ण प्रसाद ओली होइनन् । उनी त रेखाका पति सुहृदराज घिमिरे नै हुन् ।

तस्विरको तथ्य समेत जाँच नगरी पूर्वसचिव समेत रहेका उपाध्यायले सामाजिक सञ्जालमा पोस्ट गरिदिएका छन् । पूर्वसचिव उपाध्यायले यसअघि पनि विभिन्न झूटो खबर फैलाएका थिए । उनलाई सामाजिक सञ्जालमा झूटो खबर लेखेकै आरोपमा पक्राउ समेत गरिएको थियो ।

 

source दियो पोस्ट

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved