काठमाण्डौं । जंगली बँदेलले दुख दिएको भन्दै बँदेल पार्न थापिएको विद्युतीय धरापमा परी बैतडीमा दुइ जनाको ज्यान गएको छ ।
धरापमा परी ज्यान जानेहरुमा जिल्लाको सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द दाजुभाई रहेका छन् ।
बुधबार राति पौने ११ बजे घर नजिकै रहेको मकैबारीमा जङ्गली बँदेलका लागि छाडिएको बिजुलीको तारबाट करेन्ट लागेर दुवैको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनु भएको छ ।
घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज, प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोली घटनास्थलतर्फ खटाइएको प्रहरीले जनाएको छ ।
