Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भोलिदेखी नेपालीहरुका लागी यूएई जान खुला ( पत्रसहित )

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 4, 2021
159 shares

संयुक्त अरब ईमिरेट्स (यूएई) ले भोलि देखि नेपालबाट यूएई आगमन खुल्ला गरेको छ। यूएई सरकारले यूएई आउनको लागि यूएई मै २ डोज खोप लगाएको हुनुपर्ने र यूएईका अस्पताल वा सरकारी निकायबाट जारी खोप सर्टिफिकेट भएको हुनु पर्ने नियम लागू गरेको छ । जसका कारण यूएईमा नै आवश्यक खोपको मात्रा प्राप्त गरी कम्तीमा १४ दिन पूरा गरेको र यूएईकै सरकारी स्वास्थ्य संस्थाबाट जारी खोप कार्ड वा भ्याक्सिन प्रमाण पत्र भएको नेपाली नागरिक मात्र यूएई आगमन हुन सक्ने जनाएको छ।

यूएई सरकारले यात्रा अनुमति दिए पनि यूएईबाट कोभिड भ्याक्सिन नलगाइ नेपाल गएका अन्य नागरिकहरूको हकमा भने यो नियम लागु हुने छैन। यसले गर्दा लामो समय देखि नेपालमै अड्केर बसेका श्रमिकहरू सहजै यूएई प्रवेश गर्न सक्ने छैनन्। अर्थात् खोप नलगाई छुट्टीमा गएकाहरू वा नेपालमा दुई खोप लगाउनेहरूले समेत यूएई आउन पाउने छैनन् ।

को को आउन पाउने ?

  • रेसिडेन्स भिसा बाहक
  • यूएईमा नै दुई डोज खोप लगाएको मात्र
  • सरकारी निकाय, अस्पताल, स्कूलमा कार्यरत र विद्यार्थी अनि विशेष मानवीय परिस्थितिमा खोप नलगाए पनि आउन पाउने ।

को को आउन नपाउने ?

  • नयाँ कामदार, भिजिट भिसा ( रेसिडेन्स भिसा नभएको)
  • नेपालमा दुई डोज खोप लगाए पनि आउन नपाइने

कोभिड-१९ सङ्क्रमणको जोखिमका कारण यूएई सरकारले नेपाल,भारत लगायत विभिन्न छ देश श्रीलङ्का, पाकिस्तान दुई अफ्रिकी मुलुक नाइजेरिया र युगान्डाका यात्रुमाथि मे महिनाको पहिलो हप्ता देखि आगमनमा रोक लगाएको थियो । गत मंगलबार यूएईको राष्ट्रिय आपत्कालीन सङ्कट तथा विपद् व्यवस्थापन प्राधिकरण (एनसीईएमए) ले यूएईको आवासीय वैद्य भिसा भएका नागरिकहरूलाई खोपको मात्रा पुरा गरी प्रवेश अनुमति दिएको हो।

अन्य विशिष्ट गैर नागरिकको हकमा खोपको मात्रा पुरा नभए पनि यूएई प्रवेश पाउने भएका छन्। तर उनीहरूले अन्य प्रक्रिया भने पुरा गर्नु पर्नेछ। विशिष्ट व्यक्तिहरू यूएईमा काम गर्ने सरकारी कर्मचारी, शिक्षक, नर्स, चिकित्सक,यूएईमा उपचारको गराइ रहेका बिरामी र विशेष मानवीय कामको लागि यूएई आउनु पर्ने व्यक्तिलाई बिना खोप प्रवेश दिइने भएको छ। तर उनीहरूको यूएईको आवासीय भ्यालिड भिसा हुनु पर्ने छ।

यूएईको राष्ट्रिय आपत्कालीन सङ्कट तथा विपद् व्यवस्थापन प्राधिकरण (एनसीईएमए) ले ट्वीटमार्फत जारी सन्देशमा भनिएको छ , यात्रा प्रतिबन्ध फुकुवा हुनेमा कोभिड–१९ खोपको दोस्रो मात्रा लगाएका वैधरूपमा आवासीय अनुमति पाएका विदेशीहरू पनि समावेश हुनेछन् । उनीहरूले कोभिडविरुद्धको दोस्रो खोप लगाएको १४ दिन बितिसकेको हुनु पर्ने जनाएको छ।

यूएई आउँदा यात्रुले अनिवार्य रूपमा federal authority for identity and citizenship (आईसिए) बाट यूएई प्रवेशको लागि अनुमति लिनुपर्छ। यात्रुले बढीमा ४८ घण्टाको पिसिआर रिपोर्ट साथै नेपाल विमानस्थलमा –यापिड टेष्ट गरेको हुनु पर्नेछ भने यूएई अवतरण भई सकेपछि विमानस्थलमा नै पिसिआर गरी आवश्यकता अनुसार क्वारेन्टीन लगायत अन्य स्वास्थ्यसम्बन्धी मापदण्ड पुरा गर्नु पर्छ।

यता अबुधाबीस्थित नेपाली दूतावासले यूएई आउने तयारीमा बसेका तथा यूएईमै रहेका नेपालीलाई कोभिड–१९ खोपको प्रमाणपत्र लिएर मात्र यात्रा गर्ने अनुरोध गरेको छ। दूतावासले गत आइतबार एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्यूआर कोडसहित खोप लगाएको प्रमाणपत्र लिएर मात्र यात्रा गर्न सबैमा अनुरोध गरिएको छ ।

दूतावासले नेपालमा नयाँ राहदानी बनाउन गएका र नवीकरण गर्ने योजनामा रहेका नेपालीलाई खोप नलगाएको खण्डमा अनिवार्य खोप लगाई र क्यूआर कोड लिन समेत सबैमा अनुरोध गरिएको छ।

यूएईले प्रतिबन्ध लम्ब्याउँदै गएपछि केही नेपाली श्रमिकहरू तेस्रो मुलुकलाई ट्रान्जिट बनाइ यूएई फर्किन थालेका थिए। उनीहरूले अजरबैजानलाई नयाँ ट्रान्जिट सेन्टर बनाउँदै यूएई प्रवेश गरेका थिए । यसका लागि नेपालमा ट्राभल एजेन्सीहरूले साढे २ लाखदेखि ४ लाखसम्म लिने गरेको यात्रामा संलग्न नेपाली श्रमिकहरूले बताए।

 

 

 

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved