Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रहरी नियामावली संशोधनको प्रस्ताव अन्तिम चरणमा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 3, 2021
123 shares

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावली, २०७१ संशोधनको प्रस्तावका अन्तिम चरणमा पुगेको जनाएको छ ।

प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरका अनुसार नेपाल प्रहरी कर्मचारीको वृत्तिविकास गर्ने र मनोबल उच्च राख्ने उद्देश्यका साथ संशोधनको प्रस्ताव गरिएको हो । संशोधनको प्रस्ताव गृह, अर्थ र कानुन मन्त्रालय हुँदै पुनः गृह मन्त्रालयमा पुगेको छ ।

एसएसपी कुँवरले भने, ‘हामीले अहिले तयार गरेको संशोधन प्रस्ताव तल्लो दर्जाका प्रहरी कर्मचारीका लागि बढी लाभदायिक हुने अपेक्षा गरेका छौँ ।’ उनका अनुसार संशोधन प्रस्तावले प्रहरीको तल्लो तहको दर्जा ‘फलोअर्स’ देखि प्रहरी नायव निरीक्षक (सई) सम्मलाई सम्बोधन गरेको छ ।

के छ संशोधनमा ?

प्रहरी प्रधान कार्यालयले तयार पारेको संशोधन प्रस्ताव अनुसार सङ्गठनमा कार्यरत कार्यालय सहयोगी एवं फलोअर्सलगायत श्रेणीविहीनलाई एकतहदेखि चौथोतहसम्म पदोन्नतिको व्यवस्था गरेको छ । चौथो तहको कार्यालय सहयोगी एवं फलोअर्सले निजामती सेवाको नायव सुब्बासरहको तलब तथा सुविधा पाउनेछन् ।

त्यसैगरी प्रहरी हवल्दार दर्जालाई पनि वरिष्ठ हवल्दार, हवल्दार र सहायक हवल्दार गरी तीन तहमा विभाजन गर्ने प्रस्ताव छ । प्रस्तावअनुसार वरिष्ठमा एक हजार पाँचसय, हवल्दारमा पाँचहजार र सहायकमा १५ हजार दरबन्दी रहने व्यवस्था राखिएको छ । एसएसपी कुँवरका अनुसार तीन तहकै हबल्दारहरूको छुट्टा छुट्टै फुली हुनेछ ।

संशोधन प्रस्तावअनुसार वरिष्ठ हबल्दारलाई एउटा रेखाले छुट्याएको तीन धर्का, हवल्दारलाई तीन धर्का र सहायकलाई एकधर्का अंकित बिल्ला हुनेछ । त्यसै गरी वरिष्ठ हवल्दारको कमान्डमा नौजना, हवल्दारको कमान्डमा सात जना र सहायक हवल्दारको कमान्डमा चारजना खटिने प्रस्ताव गरिएको छ ।

प्रस्तावमा प्रहरी नायव निरीक्षक (सई) दर्जालाई दुई श्रेणीमा विभाजन गरी वरिष्ठ नायव निरीक्षक र नायव निरीक्षक बनाइएको छ । वरिष्ठ नायव निरीक्षकहरूले निजामती सेवा अन्तरगत तृतीय श्रेणी अधिकृतसरहको सेवा सुविधा पाउनेछन् ।

एसएसपी कुँवरका अनुसार प्रस्तावमा प्रहरी वरिष्ठ नायव निरीक्षक तहको लागि तीन तारा, नायव निरीक्षकको दुई तारा र सहायक निरीक्षकको एक तारा रहेको ‘फूली’ को व्यवस्था गरिएको छ ।

यसबाहेक प्रस्तावमा नेपाल प्रहरीको फलोअर्सदेखि प्रहरी नायव उपरीक्षक डीएसपी तहसम्मका लागि एउटै पदमा आठ वर्षसम्म सेवा गरी अवकास लिनुभन्दा एक महिनाअघि एक तह पदोन्नति गरी दज्र्यानी चिह्न समेत लगाएर बिदा गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । अवकाश लिँदा पदोन्नति भएको दर्जाको सुविधा प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved