Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

म्याद नाघेको किट अस्पतालले फिर्ता गर्‍यो

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 3, 2021
[webverse_shares]

काठमाडौँ– कोभिड–१९ का शङ्कास्पद र आकस्मिक उपचार तथा शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि कोरोना परीक्षण गर्ने एन्टिजेन किट जनस्वास्थ्य कार्यालय भक्तपुरमा फिर्ता गरिएको छ । सरकारले निःशुल्क परीक्षणका लागि पठाएको उक्त किट स्वास्थ्य कार्यालयले डम्पिङ गरेर राखी म्याद सकिन लागेपछि मात्रै भक्तपुर अस्पताललाई पठाएको भन्दै अस्पतालले कार्यालयलाई किट फिर्ता पठाएको छ ।

कोरोना बिरामीको उपचार गर्दै आएको भक्तपुरको सरकारी ‘भक्तपुर अस्पताल’लाई सरकारले उपलब्ध गराउनुपर्ने किटलगायत विभिन्न स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालयले नदिएपछि अस्पतालले वाग्मती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयसँग ल्याएर थेग्नुपरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले बताइन ।

जनस्वास्थ्यले अस्पताललाई एन्टिजेन परीक्षणका लागि आवश्यक किट नदिँदा कतिपय अवस्थामा बाध्य भएर अस्पतालले किट खरिद गरेर ल्याउनुपरेको उनको भनाइ छ । उनले दुई हजार रुपैयाँ पर्ने किट अस्पतालले लक्षण नभएका र निजी प्रयोजनका लागि आउनेसँग एक हजार रुपैयाँ शुल्कमा एन्टिजेन परीक्षण गर्दै आएको बताइन ।

अस्पतालले अहिलेसम्म पीसीआर किट वाग्मती प्रदेश सरकारको सहयोगमा र आकस्मिक अवस्थाको प्रयोजनका लागि एन्टिजेन परीक्षणका लागि किट खरिद गरेर ल्याउने गरेको छ ।

अस्पताललाई स्वास्थ्य कार्यालयले किट नै नदिने गरेको अस्पतालको गुनासो छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवालका अनुसार अस्पतालाई स्वास्थ्य कार्यालयले निःशुल्क किट उपलब्ध गराउनुपर्ने भए पनि विगतमा पटकपटक माग गर्दा नदिएपछि बाध्य भएर अस्पतालले किन्नु परेको हो ।

स्वास्थ्य कार्यालयले अस्पताललाई केही दिनअघि म्याद सकिन लागेको एन्टिजेन किट पठाएपछि अस्पतालले त्यस्ता किट फिर्ता गरिदिएको उनले बताइन । अस्पतालका मेसु डा गौतमले कार्यालयले अत्यावश्यक यस्ता किट म्याद नै सकिने गरी डम्पिङ गरेर राख्न नहुने भन्दै स्वास्थ्य कार्यालयले अस्पतालसँग सरोकार नै नराख्ने गरेको गुनासो गरिन ।

कार्यालयले अस्पतालमा सञ्चालनमा रहेको खोप केन्द्रका लागि पठाउनुपर्ने स्वास्थ्यकर्मीसमेत नपठाउँदा खोप केन्द्र नै प्रभावित भएको अस्पतालको गुनासो छ । आएका स्वास्थ्यकर्मी पनि १० देखि १२ बजेसम्म मात्रै खोप केन्द्रमा बसेर जाने गर्दा केन्द्रका लागि अस्पतालले अन्य सेवामा कार्यरतलाई खटाउनुपर्ने बाध्यता आएको अस्पतालको भनाइ छ ।

स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले कोरोनाको शङ्का लागेको व्यक्तिको वडा तहका हेल्थ पोस्टसम्ममा एन्टिजेन परीक्षण निःशुल्क गरिने बताउँदै निजी तथा सरकारी अस्पतालले पनि एन्टिजेन परीक्षण निःशुल्क गर्नुपर्ने बताए ।

उनले भने, “भक्तपुर अस्पताललाई किट पठाएका हौँ, मिति सकिन लागेको भनेर फिर्ता पठायो, त्यो मिति रहेसम्म कार्यालयले पठाएको किटको प्रयोग गरेको भए हुन्थ्यो ।” अस्पतालले माग गरेर पठाए आवश्यक सामग्री पठाउने उनको भनाइ थियो ।

अस्पतालले कोरोना भाइरसका लक्षण देखिएका बिरामीको निःशुल्क र लक्षण नदेखिएका तथा विदेश जाने वा अन्य निजी प्रयोजनका लागि पीसीआर तथा एन्टिजेन परीक्षणमा आउने व्यक्तिहरुसँग भने सरकारले नै निर्धारण गरेको शुल्क लिने गरेको मेसु गौतमले बताइन ।

अस्पतालले यहाँ आएका १४ हजार ८७६ को पीसीआर परीक्षण गरिसकेको छ । रासस

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved