बैतडीमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । सोमबार साँझ परेको चट्याङले बैतडीको दशरथचन्द नगरपालिका-९ मङरुका ९ बर्षीय भरतराम कोलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक बोधराज ओझाले बताए ।
सोमबार साँझ ६ बजेतिर घर नजिकैको धारामा पानी भर्न गएका बेला भरतलाई चट्याङ लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
