Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन नगर्नोस-सर्वोच्च अदालत

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 3, 2021
42 shares

काठमाडौं। नेपालका कुनै पनि नदीनालाबाट ढुंगा, गिट्टी तथा बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ विपरीत ढुंगा, गिट्टी तथा बालुवाजन्य पदार्थ उत्खनन नगर्न सर्वोच्च अदालतले सरकारको नाममा अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चले नदीनालाबाट जथाभावी उत्खनन गर्न दिनुको कारण १५ दिनभित्र लिखित रूपमा पेस गर्न पनि सरकारको नाममा आदेश दिएको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले आइतबार यो आदेश दिएको भए पनि त्यसको लिखित भने सोमबार मात्र बाहिर आएको छ । सर्वोच्चले संघीय सरकारद्वारा जारी गरिएको उक्त मापदण्डमा रहेको दफा १७ विपरीतको कार्य कोही कसैबाट हुन नदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

आदेशमा मापदण्डको दफा १७ मा नदीजन्य पदार्थको संकलन, उत्खनन वा ढुवानीकर्ताले संकलन वा उत्खनन गरिने स्थानको लम्बाइ, चौडाइ तथा गहिराइसहितको चार किल्ला, उत्खनन गर्ने अवधि र समय, प्रयोग गरिने साधन र गुनासो अधिकारीको नाम, पद र सम्पर्क नम्बरलगायतका विवरण खुल्ने अनुसूची ६ बमोजिमको सूचनापाटी सम्बन्धित उत्खनन वा संकलन स्थलमा राख्ने व्यवस्था अनिवार्य रूपमा मिलाउनुपर्ने उल्लेख छ ।

नेपालको अधिकांश नदीनालाहरूबाट जथाभावी ढुंगा, गिटी, बालुवालगायतका पदार्थ उत्खनन गरी वातावरण बिगार्ने कार्य भएको उल्लेख गर्दै अधिवक्ताहरू पदमबहादुर श्रेष्ठ, हेमकला कट्टेल, रामेश्वर सेढाई, विश्वजित तिवारी, रामप्रसाद शर्मालगायतले गत वैशाख १३ मा सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।

रिट निवेदनमा स्थानीय सरकारले अवैध रूपमा ठेक्का लगाई ढुंगा, गिट्टी, बालुवालगायतका पदार्थ उत्खनन गरिएको भए पनि सम्बन्धित निकायले यसलाई अनुगमन गरी रोकथाम गर्न आनाकानी गरिरहेको उल्लेख गरिएको छ ।

सातवटै प्रदेश सरकारले आफ्ना क्षेत्रभित्र रहेका नदीनालामा अवैध रूपमा उत्खनन गरिएको कार्यलाई रोकथाम गर्ने दायित्वबाट पन्छिएको दाबी पनि रिट निवेदनमा गरिएको छ । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved