Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ललितपुर महानगरपालिकाले नगर प्रहरीको भूमिकालाई प्रभावकारी बनाउन ‘एक्सन टीम’ व्यवस्था

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 2, 2021
36 shares

काठमाडौं, ललितपुर महानगरपालिकाले नगर प्रहरीको भूमिकालाई प्रभावकारी बनाउन ‘एक्सन टीम’ व्यवस्था गरेको छ ।

सोमबार एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाको कामलाई व्यवस्थित ढंगले अगाडि बढाउन टीमको शुभारम्भ गरिएको हो ।

कार्यक्रममा नगर प्रहरीको ‘एक्सन टीम’ लाई ज्याकेट, गोप्रो क्यामेरा, भिडियो क्यामेरासहितको हेलमेट आदि प्रदान गरिएको छ ।

महानगरभित्र हुने कामहरुलाई स–प्रमाण देखाउन नगर प्रहरीको ‘एक्सन टीम’ लाई गोप्रो क्यामेरा प्रदान गरिएको महानगरका प्रमुख चिरीबाबु महर्जनले बताए । उनले महानगरभित्र एक्सन प्रहरीले गरेका कामलाई प्रमाणका रुपमा राख्न उक्त क्यामेरा उपयोगी हुने जानकारी दिए । उनका अनुसार एक्सन प्रहरीलाई प्रदान गरिएको भिडियोसहितको क्यामेराले विपद् व्यवस्थापनमा पनि सहजीकरण गर्नेछ ।

महानगर प्रमुख महर्जनले देशभरका स्थानीय तहमध्ये ललितपुर महानगरको काम उत्कृष्ट रहेकोसमेत दाबी गरे । उनले नेपालकै उत्कृष्ट सिटी निर्माणका लागि नगर प्रहरी प्रमुख सिताराम हाछेथुको नेतृत्व सफल रहेको बताए । ललितपुर महानगरले नगर प्रहरी प्रमुख हाछेथुको नेतृत्वमा विपत् व्यवस्थापनका क्रममा दमकल, एम्बुलेन्स, शवबाहन, नगर प्रहरीको ‘एक्सन टीम’ सँगसँगै एक साथ प्रभावित क्षेत्रमा जाने व्यवस्था सुरुवात गर्न लागेकोसमेत उनको भनाइ छ ।

नगर प्रहरीको ‘एक्सन टीम’ले नगरवासीका समस्यालाई तत्काल सहजीकरण गर्ने, नगरको विकास अभियानमा अवरोध पुर्याउने व्यक्ति तथा संस्थालाई कानुनी दायरामा ल्याउने, विपद्मा परेकालाई उद्धार तथा आवश्यक सहयोग गर्ने, अनधिकृत विज्ञापन (भित्ते लेखन, पोष्टर) कर्तालाई कारबाही गर्ने, पैदल यात्रुलाई आवतजावत गर्न बाधा पुर्याउने फुटपाथ तथा सडकमा राखिएका सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गर्ने नगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिए ।

नगर प्रहरीले अनधिकृत रुपमा सडक तथा सडकपेटीमा आवतजावतमा बाधा गर्ने गरी राखिएका निर्माण सामग्रीहरु हटाउने, सार्वजनिक जग्गा अतिक्रमण हुनबाट रोक्ने र अनधिकृत संरचना निर्माण गर्नेलाई कानुनी दायरामा ल्याउने काममा समेत ध्यान दिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved