काठमाडौं । शनिवार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन बगाएउना साथै अन्य केही घरमा क्षति पुर्याएको जानकारी प्राप्त भएको छ ।
गत असार १ गते आएको भीषण बाढीले हेलम्बु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो ।
मेलम्ची उर्लिरहेकाले थप क्षति हुनसक्ने भएकाले सचेत रहन प्रशासनले आग्रह गरेको छ । हेलम्बु गाउँपालिका नाकोते खोलामा बाढी आएको भन्दै मेलम्ची खोला तटिए क्षेत्रका बासिन्दालाई हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले शनिवार राति नै सतर्क हुन अनुरोध गर्नु भएको जनाइएको छ ।
हेलम्बुस्थित चनौटेको रातो पुलमाथिबाट अहिले पनि पानी बगिरहेको,बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा पनि बगाएको छ । ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल बगाएको छ भने नदि को सतह बढेपछि ग्यालथुम बजार समेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
