Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

महन्थ ठाकुरको अबको रणनीति के ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 30, 2021
54 shares

काठमाण्डौ । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षले पाएसँगै महन्थ ठाकुर ६ दशक लामो राजनीतिक जीवनको उत्तरार्धमा दलविहिन बन्न पुगेका छन् । नेपाली कांग्रेस, तराई मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनता पार्टी हुँदै जनता समाजवादी पार्टीसम्मको यात्रामा महन्थले राजनीतिबाट सन्यास लिएर दल विहिन बन्नु परेको होइन । निर्वाचन आयोगको निर्णयले दलविहिन बनेका महन्थ र उनको समूहमा रहेका नेताहरु भविष्य अन्योलमा परेको छ ।

जेठ ७ को मध्यरातमा प्रतिनिधिसभा विघटनपछि जसपा अध्यक्ष उपेन्द्र यादवलाई छाडेर आफूतिर आएका र आफैंले मन्त्री बनाएका मात्र होइन, वर्षौदेखी आफूसँगै रहेका एकपछि अर्को नेताले छाडेपछि राजनीतिको उत्तरार्धमा महन्थ ठाकुर दलविहिन बनेका छन् । एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि प्रधानमन्त्रीकै अफर आउँदा समेत ठाकुरले एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि त्यस्तो लाभ पनि नलिएको विश्लेषण हुन थालेको छ ।

सम्पत्ति, निजी जीवनदेखि राजनीतिसम्ममा त्यागका पर्याय बनेका महन्थले लामो राजनीतिक जीवनमा अवसर नपाएका पनि होइनन् । कांग्रेसको राजनीतिबाट २०४८ मा सर्लाही–५ बाट बहुदलीय व्यवस्थामा पहिलो चुनाव जितेका उनी २०५१ मा उपसभामुख बनेका थिए । २०५१ को मध्यावधि निर्वाचन जितेर कृषिमन्त्री पनि बने । २०५६ मा कानुनमन्त्री बनेका महन्थ गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र हुँदै कांग्रेसको कोषाध्यक्षसम्म बनेका थिए । कांग्रेस छाडेर मधेस आन्दोलनमा लाग्नुअघि उनी विज्ञान तथा प्रविधिमन्त्री बने ।

२०६४ को चुनावअघि तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) गठन गरेका ठाकुर २०६४ को संविधानसभा सदस्य निर्वाचनमा पराजित भएपनि मन्त्रिपरिषद्बाट मनोनयन हुने २६ जना भाग्यमानी भित्र परेर संविधानसभा सदस्य बनेका थिए । दोस्रो संविधानसभामा पनि हार व्यहोरे पनि उनी दोस्रो मधेस आन्दोलनमा निर्विवाद नेताका रुपमा स्थापित भए । संविधान घोषणा पछिको आम निर्वाचनअघि विभाजनबाट चिराचिरा बनेको मधेशवादी ६ दल मिलाएर राजपा बनाएका ठाकुरले जुनियर नेताहरुलाई अध्यक्ष मण्डलको संयोजकमा आलोपालो गर्न सहमति दिएर त्याग देखाए । राजपामा चलेको अन्त्यहीन अन्तरसंघर्षबाट आजित ठाकुरले उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीसँग एकता गर्न चाहेपनि लामो समय सम्भब भएन ।

२०७७ वैशाखमा तत्कालीन प्रधानमन्त्री ओलीले दल विभाजनलाई सहज बनाउने अध्यादेश ल्याएर समाजवादी पार्टी फुटाउन खोजेपछि राजपा र संघीय समाजवादी पार्टीबीच रातारात एकता भएर २०७७ वैशाख १० गते जनता समाजवादी पार्टी नेपाल (जसपा) जन्मियो । उनै ओलीले दोश्रो पटक गरेको प्रतिनिधिसभा विघटन र सत्ता सञ्चालनमा साथ दिँदा ठाकुर जसपाको आधिकारिकता गुमाएर दलविहिन बन्न पुगेका छन् ।

१६ जना कार्यकारिणी समिति सदस्यलाई आधिकारिकता पाएका उपेन्द्र यादव पक्षका ३४ सदस्यहरुको बैठकले कारबाही गरेसँगै अब महन्थ समूहसँग पार्टीमै आत्मसमर्पण गरेर बस्ने, निर्वाचन आयोगको निर्णय विरुद्ध अदालतमा रिट निवेदन मार्फत न्यायिक लडाई लड्ने र नयाँ दल गठन गर्ने बिकल्प मात्रै बाँकी छ ।

नयाँ दल दर्ता गर्दा आफूसँग रहेका सांसदहरु समेत गुमाउनुपर्ने दबाबमा रहेको महन्थ–राजेन्द्र महतो समूहले कस्तो कदम चाल्छ, चासोका साथ प्रतिक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved