Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मेयर धर्मेन्द्र पटेलको राजीनामा माग्दै स्थानीयले गरे बिरोध प्रदर्श

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 27, 2021
[webverse_shares]

मेवालाल यादव।रौतहटको देवाही गोनाही नगरपालिकाको मेयर धर्मेन्द्र पटेलको राजीनामा माग्दै स्थानीयले प्रदर्शन गरेका छन्।

कोरोना महामारी तथा लकडाउनबाट सृजित जटिल अवस्थाको सामना गर्न विभिन्न निकायबाट प्राप्त भएको राहत सामग्री वितरण नगरी गोदाममा राखेर कुहाएको र लुकेर गाड्न खोजेको उनीहरुको आरोप छ।

मंगलबार गोनाही बजारस्थित नगरपालिकाको कार्यालय घेराउ गर्न हजारौँ संख्यामा पुगेका स्थानीयले मेयर पटेलको राजीनामा माग्नुका साथै प्रदेश सरकारविरुद्ध समेत नाराबाजी गरेका छन्।

प्रदेशको सत्तारुढ दल जनता समाजवादी पार्टीबाट प्रतिनिधित्व गर्ने मेयर पटेलले राहत वितरण गर्ने कार्यमा आफूलाई आर्थिक लाभ नहुने भएकोले राहतको सामग्री कुहाएर नष्ट गरेको स्थानीयको आरोप छ।

देश सरकारबाट प्राप्त भएको १५ लाखभन्दा बढीको चामल, दाल, औषधिलगायत सामग्री वितरण नगरी गोदाममा राखेको र सोमबार राति मेयर पटेल र जिन्सी शाखा प्रमुख प्रभु यादवले डोजरले खनेर खेतमा गाड्न खोजेको अवस्थामा स्थानीयले रोकेर कुहिएको सामग्री बाहिर राखेका छन्।

प्रदर्शनमा सहभागी स्थानीय राजेश यादवले मेयरले राजीनामा नदिए थप आन्दोलन चर्काउने बताए। जनताको लागि प्राप्त भएको राहत सामग्री कुहाएर मेयरले जनताको भावनासँग खेलबाड गरेको भन्दै यादवले मेयर पदमा बसिरहने नैतिकता हराइसकेको बताए।

‘कोरोनाबाट आक्रान्त रहेको बेला प्रदेश सरकारसहित विभिन्न निकायबाट प्राप्त लाखौं रुपैयाँको राहत चामल, दाल, औषधिलगायत सामग्री नगरवासीलाई वितरण नगरी स्टोरमा राखेर कुहाएर नष्ट पार्ने र लुकेर जमिनमा गाड्न खोज्ने नालायक मेयर धर्मेन्द्र पटेलले राजीनामा दिनुपर्छ,’ उनले भने, ‘नगरपालिकाको बजेट जति भ्रष्टाचार गरेर नगरलाई बर्बाद बनाएका मेयर पटेलले अहिले लाखौ रुपैयाँको राहत नष्ट गर्ने जुन काम गरेको छ, अब एकछिन पनि ऊ पदमा बसिरहने नैतिकता बाँकी छैन।’

मेयरको कुकर्म एवम् गैरजिम्मेवार कार्यविरुद्ध यहाँ जम्मा भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved