Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रासायनिक मलको माग बढ्दो, आपूर्ति घट्दो, मारमा किसान

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 27, 2021
42 shares

सिरहा– सिरहामा वर्षेनी रासायनिक मलको माग बढ्दै गएको छ ।

माग अनुसार रासायनिक मलको आपूर्ति हुन नसकेपछि किसान समस्यामा परेका छन् । लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा वर्षेनी डिएपी र युरिया मलको आपूर्ति घट्दै गएपछि अन्य रासायनिक मलको बिक्री वितरण बढेको हो ।

एकातिर सिरहामा रासायनिक मलको माग बढ्दै गएको छ भने अर्कोतिर जिल्लामा रासायनिक मल बिक्री वितरण गर्दै आएको कृषि सामग्री कम्पनी लहानमा वर्षेनी मलको आपूर्ति घट्दै गएकाले किसान समस्या परेका हुन् ।

आर्थिक वर्ष २०७६/०७७ को तुलनामा गत आर्थिक वर्षमा ३२ हजार ५०० बोरा डिएपी र छ हजार ४४० बोरा युरिया मलको आपूर्ति कम भएको हो । आर्थिक वर्ष २०७६/०७७ मा ९२ हजार ६८३ बोरा डिएपी र ८४ हजार ९६० बोरा युरिया मल आपूर्ति भएकोमा गत आर्थिक वर्षमा ६० हजार १८३ बोरा डिएपी र ७८ हजार ५२० बोरा युरिया मल आपूर्ति भएको कृषि सामग्री कम्पनी लहानका प्रमुख मणिराज पौडेलले जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा २३ हजार ७७ बोरा युरिया र दुई हजार ४०० बोरा डिएपी मल आपूर्ति भएकोमा आव २०७४/०७५ मा २६ हजार ७८८ बोरा युरिया र आठ हजार ५४९ बोरा डिएपी मल आपूर्ति भएको थियो । माग अनुसार आपूर्ति हुन नसक्दा जिल्लामा रासायनिक मलको हाहाकार हुने गरेको उनको भनाइ छ ।

त्यस्तै, आव २०७३/०७४ मा ९५ हजार ३२० बोरा डिएपी मल र ९८ हजार ७०५ बोरा युरिया मल आपूर्ति भएको कृषि सामग्री कम्पनी लहानले जनाएको छ । सिरहामा साउन महिनामा मात्र ३० हजार बोरा युरिया र त्यतिकै परिमाणमा डिएपी मल चाहिएकोमा हाल १५ हजार ८८५ बोरा युरिया र दुई हजार ८०० बोरा डिएपी मल आपूर्ति भएको कृषि सामग्री कम्पनीले जनाएको छ ।

कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट सो परिमाणको मल प्राप्त भएपछि कोटा निर्धारण गरेर हिजोबाट सिरहाका स्थानीय तहमा रहेका सहकारी संस्थाका डिलरहरुमार्फत किसानलाई वितरण गर्न थालिएको छ ।

“हामीलाई गत शुक्रबार १५ हजार ८८५ बोरा युरिया र दुई हजार ८०० बोरा डिएपी मल मात्र प्राप्त भएको छ”, कार्यालय प्रमुख पौडलले भने, “मल आउने वित्तिकै बिक्री वितरण शुरु गरेका छौं ।” बाली सघनता र खेतीयोग्य क्षेत्रफलका आधारमा स्थानीय तहलाई मलखाद्यको कोटा निर्धारण गरी सिफारिसका आधारमा सहकारी संस्थाका डिलरहरुमार्फत मलखाद्य वितरण शुरु गरेको उनको भनाइ छ ।

डिएपी र युरिया मलको माग बढेकाले आपूर्तिका लागि केन्द्रमा पटक पटक पत्राचार गरे पनि वर्षेनी आपूर्ति घट्दै गएकोले समस्यामा परेको प्रमुख पौडेलले बताए ।

डिएपी र युरिया मलको वर्षेनी आपूर्ति कम भएपछि कृषि सामग्री कम्पनी लहानले झण्डै आधा मूल्य बराबरको रासायनिक मल मात्र बिक्री गरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा २७ करोड ४३ लाख ७३ हजार ३४ मूल्य बराबरको मलखाद्य बिक्री गरेको कृषि सामग्री कम्पनी लहानले गत आर्थिक वर्षमा १९ करोड ६५ लाख ६३ हजार ३१४ मूल्य बराबरको मात्र रासायनिक मल बिक्री गरेको कार्यालयका लेखाप्रमुख नारायण खडकाले जानकारी दिए ।

सिरहामा कृषि सामग्री कम्पनी र साल्ट्र टेड्रिङ्ग कम्पनीले गाउँ गाउँमा सहकारी संस्थामार्फत र सहकारी नभएको गाउँमा स्थानीय तहको सिफारिसमा मलखाद्य बिक्री बितरण गर्दै आएको छ ।

धान रोपाइँ गर्ने बेला भएकाले युरिया र डिएपी मलको माग बढेपनि अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि, ढुवानी आपूर्तिको समस्या, मलको अनियन्त्रित प्रयोग र भारतीय सिमा नाकामा भएको कडाइलगायत कारणले सिरहामा युरिया र डिएपी मलको आभाव हुने गरेको प्रमुख पौडलको भनाइ छ ।

डिएपी र युरिया मलको आपूर्ति कम भएपछि किसानलाई मलखाद्यको समस्या भइरहेको नेपाल कृषक महासङ्घ प्रदेश नं २ का अध्यक्ष मुक्ति यादवले बताए । माग अनुसार आपूर्ति हुन नसक्दा यहाँका किसानहरु वर्षेनी मलका लागि डिलरहरु चहार्ने गरेको तरपनि सहज रुपमा मल पाउने अवस्था नरहेको उनको भनाइ छ ।

सिरहामा यस वर्ष कूल ६० हजार ७५७ हेक्टर खेतीयोग्य जग्गामध्ये ९५ प्रतिशत जग्गामा धान रोपाइँ भएको कृषि ज्ञानकेन्द्र राजविराज सप्तरीले जनाएको छ । अधिकांश खेतीयोग्य जग्गामा धान रोपाइँ भए पनि समयमा मलखाद्य नपाउँदा किसान मारमा परेका छन् ।

धानमा मल हाल्ने बेला हुँदासमेत अनुदानमा प्राप्त हुने रासायनिक मल नपाउँदा किसानले महँगोमा व्यवसायीबाट मल खरिद गर्नुपरेको बताएका छन् । “धानमा मल राख्ने बेला भयो, डीएपी बजारमा पाइँदैन”, किसान राजकिशोर यादवले भने, “मल आवश्यक हुँदा पाइँदैन, धान पसाएपछि बल्ल मल आउँछ ।” उनले गाउँमा सहकारीले मल वितरण गरे पनि मागअनुसार आपूर्ति गर्न नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved