काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले दिएको अभिव्यक्तिबाट हिन्दु धर्मको आस्थामा आघात पुगेको दाबी गर्दै विश्व हिन्दु महासंघले आपत्ति जनाएको छ। उनलाई कानुनी दायरामा ल्याई कारबाही गर्नसमेत महासंघले माग गरेको छ।
डा.भट्टराईले भारतको उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथले दूधधारा अर्पण गर्दै गरेको तस्बिरलाई माध्यम बनाएर हिन्दू ओमकार परिवारको भावना अनादार गरेको महासंघको आरोप छ।
यस्तो छ महासंघको विज्ञप्ति

तर २१ औ शताब्तिमा रहेका हरेक मनिसले स्वइच्छाले आफ्नो धर्ममान्न पाउनो उस्को ब्यक्तिगत धार्मिक स्वतन्त्र हो ।
तसर्थ भारतको बिषयबस्तु र बाबुराम को अभीब्यक्तिलाई लिएर बाबुरामको कुरालाई सहि मान्दै एक नागरिक लेख्छन ,
धर्मनिरपेक्षता भनेको धर्मको विरोध होइन, धर्म देखि स्वतन्त्र हुनु हो जसले जुन धर्म पनि मान सक्छ। धर्म धारण गरिने आचरण र व्यवहार हो , जुन कुरा धारण गर्न लायक छ त्यो धर्म हो समाजलाई एकताबद्ध र सुसंगङठित बनाउन मद्दत गर्छ त्यो नै धर्म हो धर्म एउटा समाजमा शान्ति,सुव्यवस्था, अमनचयन र मानव कल्याणको लागि समाजले निर्माण गरिएको आचरण तथा नियम हो तर आज यो समाजमा मानबको जन्म लिदा पनि मानब भएर जिउन सकिन किन?
म पनि तिमी जस्तै टाढै बाट भए पनि मन्दिरमा फुल र दुध चढाउछु तिमीले मलाई अछुत भने पनि टाढा बाट भए पनि दर्शन गरे । ए हिन्दू महासंघ त्यति बेला कहाँ थिस ??? म आफ्नै हातले मन्दिर मा फुल चढाउन जादा अछुत भनेर कुटाइ खादा, अछुत भनेर मेरो दिदी र आमाको बर्त को थाल खोसि फाल्दा कहाँ थिस ए हिन्दू महासंघ????
मन्दिर पसेको निउमा मेरो दलित समुदाय दिदी बहिनी मारिदा कहाँ थिस ए हिन्दू महासंघ??? पुजा गर्न लाइनमा बसेकी मेरी बहिनी को अपमान गर्दा कहाँ थिस ए हिन्दू महासंघ???? मैले छोएको पनि चल्दा सनातन धर्म नास हुन्छ भन्दा कहाँ थिस ए हिन्दू महासंघ??? मेरो सनातन धर्म के हो? धर्म को दलालहरु जबाफ दे?? मैले छोएको पानी चल्दैन भन्दै मन्दिर र समाज बाट बहिस्कार गर्दा कहाँ थिस ए हिन्दू महासंघ???? ए सामन्तवादी, ए हिन्दू धर्मका दलाल, ए पुरातनवादी, शोषणबादी धर्म माथि शोषण गर्ने दलालहरु मेरो पनि हिन्दू धर्म होइन र???? आज हिन्दु महासंघले बाबुराम भट्टराई माथि यो निवेदन दर्ता गर्दा दुःख लाग्यो ।
हिन्दू महासंघ माथि घृणा लागेयो छि छि ए हिन्दू महासंघ हिन्दू धर्म भित्रको कुसंस्कार सामन्तवादी सोच विचार र पुरातनवादी बिचार धारणा को बारेमा बोल्न सक्दैनस???? आज हाम्रो प्रष्ट थाहा भयो मन्दिरमा जादा अछुत भनेर हजारौं मर्दा हिन्दू महासंघ मौन थियो आज बाबुराम भट्टराई ले दुध खानुपर्छ भन्दा कारवाही कसरी हुन्छ हेरैला तिम्रो धर्म त्यही हो दुःखी, असाहाय गरिब, दुध खाना नपाएको बच्चा लाई लाई लाट हानि खोला दुध बगाउने!!! अवश्य हामी मन्दिर प्रवेश गर्ने छु सामन्तवादी, पुरातनवादी, हिन्दू धर्म को दलालहरु, ठेकेदार हरुको बलि चढाउँदै।।।।। तब आफ्नै हातले भगवान को दर्शन गर्ने छु
