Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

टेलिकमको हालको सेवा बिग्रदो

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 26, 2021
129 shares

काठमाडौं । नेपाल टेलिकमले कमसल उपकरण प्रयोग गरेका कारण सेवाको गुणस्तर खस्किँदै गएको छ। टेलिकमले सेटिस्फ्याक्ट्री पर्फमेन्स सर्टिफिकेट (एसपिसी) रिपोर्ट राम्रो नभएका कम्पनीका उपकरण प्रयोग गरेका कारण सेवा खस्किँदै गएको विज्ञहरूले बताएका छन्।

नियमनकारी निकाय दूरसञ्चार प्राधिकरणले गरेको अध्ययनमा टेलिकमको सेवा कम गुणस्तरको भएको उल्लेख छ। प्राधिकरणले २०७७ चैतदेखि २०७८ जेठसम्म ड्राइभ टेस्टसहित गरेको अध्ययनमा टेलिकमको मोबाइल सेवा कम गुणस्तरको पाइएको हो। प्राधिकरणले काठमाडौं उपत्यकामा मोबाइल सेवाको गुणस्तर परीक्षण गरेको थियो।

एनसेलको भन्दा टेलिकमको सेवा कम गुणस्तरीय रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ। आफ्नै नेटवर्कभित्र लोकल कल गर्दा सबैभन्दा कम समय (५.२७ सेकेन्ड) मा एनसेलको नेटवर्कमा कल स्थापना भएको छ भने नेपाल टेलिकमको मोबाइलमा कल गर्दा ९.३४ सेकेन्ड समय लागेको छ। त्यसैगरी स्मार्ट टेलिकमको नेटवर्कमा १०.२७ सेकेन्ड लागेको छ।

कल स्थापना हुने सफलताको दरमा पनि टेलिकम कमजोर देखिएको छ। एनसेलको कल स्थापना हुने सफलताको दर ९४.४३ प्रतिशत छ भने टेलिकमको नेटवर्कमा ९०.५१ प्रतिशत रहेको छ । आफैं फोन कल विच्छेद हुने दर टेलिकममा ०.८७ प्रतिशत, स्मार्ट टेलिकममा ०.४५ प्रतिशत र एनसेलमा ०.२ प्रतिशत रहेको छ। कम गुणस्तर मात्र नभएर टेलिकमको सेवा पटकपटक अवरुद्ध हुँदै आए पनि सुधार हुन सकेको छैन।

गत असार ९ गते एचएलआर सिस्टममा आएको समस्याका कारण करिब सवा दुई घण्टा सेवा अवरुद्ध भएको थियो। सेटिस्फ्याक्ट्री पर्फमेन्स सर्टिफिकेट राम्रो नभएको कम्पनीका उपकरण जडान गरेका कारण समस्या भएको आरोप लाग्दै आएको छ। टेलिकमको एचएलआर सिस्टम चीनको जेडटिई कर्पोरेसनले जडान गरेको हो । जेडटिई नेपाल टेलिकममा उपकरण बिक्री गर्ने सबैभन्दा ठूलो भेन्डर हो। यस कम्पनीले वर्षौंदेखि अर्बौं रुपैयाँका उपकरण टेलिकमलाई बिक्री गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved