Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

७ दिन भ्रमण बिदा पाउदै ग्लोबल आईएमई बैंकका कर्मचारी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 25, 2021
928

काठमाडौं । ग्लोबल आईएमई बैंकका कर्मचारीले एक साता भ्रमण बिदा पाउने भएका छन् । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको बैंकका अध्यक्ष समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । शनिबार दोलखाको चरिकोटमा होटल एम्ब्रोसियाको उद्घाटन गर्दै उनले कोभिड महामारीको छिटोभन्दा छिटो अन्त्य गरेर सङ्कटमा परेको पर्यटनलगायत सम्पूर्ण व्यवसायलाई पुनः लयमा ल्याउन खोप अनिवार्य भएको बताए ।

“सङ्कटमा परेको मुलुकको अर्थतन्त्रलाई पुनरुत्थानका लागि व्यवसाय र व्यावसायिक गतिविधिहरूलाई चलायमान बनाउन जरुरी हुन्छ । यसका लागि अहिलेलाई खोप नै प्रमुख उपाय देखिएको छ । त्यसैले नयाँ सरकारसँग मेरो अनुरोध छ छिटोभन्दा छिटो सबै जनतालाई खोपको व्यवस्था गरौँ, ” उनले भने ।

कोभिडपछि नेपालको पर्यटन व्यवसाय तहसनहस बनेको बताउँदै, ग्लोबल आइएमई बैङ्क लिमिटेडका अध्यक्षसमेत रहेका ढकालले हालै मात्र बैङ्कले वार्षिक/अनिवार्य बिदा लिने बैङ्कका कर्मचारीहरूले कम्तीमा सात दिन आन्तरिक पर्यटकीय स्थलहरूमा अनिवार्य रूपमा भ्रमण गर्नुपर्ने व्यवस्था गरेको बताए ।

“कोभिडको महामारी कम नभई तत्कालका लागि विदेशी पर्यटकहरू आउने सम्भावना पनि कम रहेकोले अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै बैङ्कले यो योजना ल्याएको हो । कोभिड–१९ को महामारीका कारण पूर्णरुपमा प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न तत्कालका लागि आन्तरिक पर्यटकहरूको खाँचो रहेको छ,” उनले भने । राज्यले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै, उनले कर्पोरेट हाउस, बैङ्क तथा वित्तीय क्षेत्रहरूले पनि यसै गरी आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग गर्न सकेमा नेपालको पर्यटन क्षेत्र लयमा फर्कन धेरै समय नलाग्ने समेत बताए ।

दोलखा जिल्लामा लगानीको सम्भावना निकै धेरै रहेको बताउँदै त्यसमा निजी क्षेत्रको छाता सङ्गठनको वरिष्ठ उपाध्यक्षको हैसियतमा वा एक जना लगानीको कर्ताको हैसियतमा जस्तो सुकै तरिकाबाट पनि आफ्नो सहभागिता रहने र त्यस्ता सम्भावित परियोजनाहरूमा आफूले लगानी गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved