Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मौद्रिक नीतिका लागि अर्थमन्त्रीलाई २१ बुँदे सुझाव

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 23, 2021
105 shares

काठमाडौं। मोरङ व्यापार संघले आगामी मौद्रिक नीतिका बारेमा २१ बुँदे सुझाव दिएको छ। अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर संघले मौद्रिक नीतिमा समेटिनुपर्ने विषयमा सुझाव दिएको हो।

संघको टोलीले अर्थमन्त्री शर्मालाई भेटेर आगामी मौद्रिक नीतिमा समेटिनुपर्ने विषयबारे सुझाव पेस गरेको टोलीका संयोजक तथा संघका अध्यक्ष प्रकाश मुन्दडाले जानकारी दिए। उनका अनुसार कोभिड १९ प्रभावित सबै ऋणीको ब्याज मिनाहा गरी कर्जा भुक्तानीको म्याद थप्नुपर्ने, हाल कायम रहेको स्प्रेडदरलाई अधिकतम ३।५ प्रतिशत कायम गरिनुपर्ने, क्रेडिट रेटिङका सम्बन्धमा पब्लिक लिमिटेड कम्पनीको हकमा ५० करोडकै सीमा र प्राइभेट कम्पनीको हकमा २०० करोडको सीमा निर्धारण गर्नु सुझाव दिइएको छ।

संघले उद्योगी–व्यवसायीका लागि पुनरकर्जा लिने प्रक्रिया सरल र सर्वसुलभ पहुँचको व्यवस्था गर्न पुनरकर्जाका व्यवस्थालाई सशक्त रूपले कार्यान्वयनमा ल्याउन सुझाएको छ। नेपाल सरकारकै आह्वानमा लागू गरिएको लकडाउनको परिपालना गर्दा घाटा बेहोरेका एवं नकारात्मक प्रभाव पर्न गएका स्वदेशी उद्योग प्रतिष्ठानको संरक्षण गरी त्यस्ता उद्योग, प्रतिष्ठानलाई आगामी तीन वर्षसम्म सूक्ष्म निगरानीमा नराख्ने व्यवस्था गर्न पनि संघले माग गरेको छ।

लकडाउन अवधिका लागि बैंकहरूले लिँदै आएका सेवा शुल्क, नवीकरण शुल्क आदि खारेज गरिनुपर्ने, बैंक ग्यारेन्टी, प्रशासनिक आदि शुल्क न्यूनीकरण गरी उद्योगी–व्यवसायीको उधारो एवं पुँजी संरक्षण गर्ने स्रोतको उपयोगितामा जोड दिन सुझाइएको छ। कोभिड १९ बाट गम्भर असर परेका एवं बन्द भएका पर्यटन, यातायात, होटल, पोल्ट्री, रिसोर्ट आदि क्षेत्रका लागि विशेष सहुलियत कर्जाको व्यवस्था गर्न, बिनाकर्जा सञ्चालनमा रहेका उद्योग, व्यवसायलाई सम्बन्धित संघ–संस्थाको सिफारिसमा न्यूनतम ब्याजदरमा बिनाधितो कर्जाको व्यवस्था गर्न, उद्योगी–व्यवसायीले लगानीका लागि आफ्नो सम्पत्ति धितो राखेर लिने व्यक्तिगत कर्जाको सीमा बढाउन भनिएको छ। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved