काठमाडौ । बर्णभेदि अभिब्यक्ति तथा एमाले संबद्ध नेतृमाथि हातपातकाे आराेप सहित अन्य विभिन्न मुद्दामा २३ दिन हिरासत बसेर रिहाभएकि समाजसेवि ज्वाला संग्राैला त्याे हिरासत बाट निस्किनासथ फेरि सेवामै लागेकि छिन्। नजआस्था अनलाईन ले संग्राैला हिरासतमै रहेकाे खण्डमा ” हिरासतबाट छुटेपछि गाउँ गएर बाख्रा पाल्छु” भनेर भनिन् भन्ने समाचार सम्प्रेषण गरियकाे थियाे।
तर साे गलत भएकाे साबित भएकाे छ। कतारमा कार्यरत नेपाली हरुले आफ्नाे मातृभुमिमै केही नया अविस्कार गरि राष्ट्र र जनताकाे निम्ति नयाँ तवरले जुनसुकै काम पनि प्रबिधियुक्तमा परिमार्जित हुनसकाेस भनि संकलित रकम ज्वाला संग्राैला मार्फत माहाविर पुन काे हात पठाएका छन्। साे रकम हस्तान्तरण गर्दै समाजसेवि ज्वाला संग्राैला भन्छिन्,
कतार वाट Qatar Fuel `WOQOD´ कम्पनिमा कार्यरत नेपाली दाजु- भाइहरु लगायत केही अन्य देशका उहाँहरुकै साथी सर्कल बाट रास्ट्रिय आविस्कार केन्द्रको सहयोगार्थ प्राप्त भएको २ लाख ८० हजार रुपैया आज आदरणीय महाबिर पुन सरलाई आविस्कार केन्द्रमा गएर हस्तान्तरण गरेका छौं! आफ्नो देशमा केहि असल काम बनोस् भनेर बिदेशबाट रकम सहयोग गर्ने हजुरहरु सबैलाई हार्दिक धन्यबाद ! आविस्कार केन्द्रको सहयोगार्थ मैले पनि जापान हुदा आफ्नो ब्यक्तिगत ५१ हजार सहित अभियान चलाएर १२ लाख ८८ हजार रुपैया सहयोग उपलब्ध गराउने मौका पाएकी थिएं! आज फेरि हाम्रा कतारमा कार्यरत आदरणीय दाजुभाईहरु बलराम राई Bhisma Sitaula,युराज दुरा,Anil Silwal, Khem Bayalkoti,Ananda Pandit लगायत अन्य दाजुभाईहरुको सहयोग लिएर आफै पुग्ने अवसर मिल्यो! वहाहरु सबैलाई फेरिपनि धन्यबाद ! महाबिर पुन सर सॅाच्चै नै सादा जीबन उच्च बिचारका धनी हुनुहुदो रहेछ ! ![]()
![]()

