Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

संसद स्थगित गर्ने अध्यादेश ल्याएर पार्टी फुटाइने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 21, 2021
1.3K shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले र जनता समाजवादी पार्टी फुटाउन मिल्ने गरी अध्यादेश ल्याउने तयारी गरेका हुन्। यसका लागि अब १ दिन मात्र प्रतिनिधिसभाको बैठक बोलाउने सरकारको तयारी छ। त्यो बैठकपछि प्रतिनिधिसभाको अधिवेशन स्थगित गरिनेछ।

र, सरकारले दल विभाजन गर्न सजिलो हुने गरी अध्यादेश ल्याउने तयारी गरेको छ। सरकारले संसदको अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत दल विभाजनसम्बन्धी कानुन बनाइ माधवकुमार नेपाललाई नेकपा एमाले फुटाएर नयाँ दल गठन गर्न सजिलो बनाइदिने तयारी गरेको छ।

यो नयाँ कानुनले नेकपा एमाले मात्र नभइ जनता समाजवादी पार्टीलाई पनि विभाजन हुन सहज बनाउनेछ। जनता समाजवादी पार्टी पनि उपेन्द्र यादव, बाबुराम भट्टराई पक्ष र महन्थ ठाकुर, राजेन्द्र महतो पक्ष गरी दुई कित्तामा ध्रुवीकृत छ। अबको प्रतिनिधि सभा बैठक शुक्रबार बोलाइएको छ।

“नेकपा एमालेमा माधव नेपालको अवस्था हेरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागिएको हो। दल विभाजन सम्बन्धी अध्यादेश ल्याइसकेपछि पहिले नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजित गराइसकेपछि यो अध्यादेशलाई संसदबाट पारित गराउन पनि सजिलो हुन्छ।”

प्रतिनिधि सभाको जारी अधिवेशन सोही दिन अन्त्य गरिने स्रोतले जनाएको छ। एक दिन प्रतिनिधि सभा बैठक राखेर बैठक अन्त्य गरेपछि दल विभाजन सम्बन्धी अध्यादेशमार्फत दल विभाजन सम्बन्धी कानुन ल्याउने तयारी भएको स्रोतले जनाएको छ।

सभामुखसहितको सहमतिमा संसद बैठक स्थगित गर्ने र दल विभाजन सम्बन्धि अध्यादेश ल्याउने तयारी भएको हो। संसद बैठक स्थगित गरेर अध्यादेशमार्फत दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि मात्रै प्रधनमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेको बताइएको छ।

सो विषयमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव सहमत भएका छन्। पार्टी विभाजनपछि मात्रै माधव नेपाल समूह र उपेन्द्र यादव समूह सरकारमा सहभागी हुने भएकाले संसद बैठक स्थगित गरेर अध्यादेशमार्फत दल विभाजनसम्बन्धी कानुन ल्याउन लागिएको हो।

नेकपा एमालेमा माधव नेपालको अवस्था हेरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागिएको हो। दल विभाजन सम्बन्धी अध्यादेश ल्याइसकेपछि पहिले नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजित गराइसकेपछि यो अध्यादेशलाई संसदबाट पारित गराउन पनि सजिलो हुन्छ।

अहिले यसलाई विधेयकको रुपमा प्रतिनिधिसभाका पठाउने हो भने एमालेले यसलाई फेल गराइदिन सक्छ किनकि माधव नेपाल एमालेका सांसद हुन् र उनको समूहलाई पार्टीको संसदीय दलको ह्वीप लाग्छ। अध्यादेशमार्फत कानुन ल्याएर पहिले नै पार्टी विभाजन गराइदिने हो भने यो अध्यादेशलाई ६ महिनाभित्र संसदबाट पारित गराउनुपर्ने हुन्छ।

पहिल्यै अध्यादेशमार्फत आएको कानुनले पार्टी विभाजन भइसकेको अवस्थामा भने माधव नेपालको समूह र उपेन्द्र यादवको समूह संसदमा छुट्टै दलका सांसदको हैसियतमा हुन्छन् र उनीहरुलाई ह्वीप लाग्दैन। यो अवस्थामा अध्यादेश पारित हुने सम्भावना उच्च हुन्छ।

यसअघि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यही दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लाग्दा संसद छलेर ल्याएको भनेर तीब्र विरोध भएपछि ओलीले अध्यादेश फिर्ता गर्नुपरेको थियो।

तर, ओलीले संसदलाई पंगु बनाएको र संसदलाई विघटन गरेर हत्या गरेकोसम्मका आरोप लगाएका प्रधानमन्त्री देउवा आफैंले अहिले संसदलाई निष्क्रिय पारेर अगाडि बढ्ने तयारी गरेका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved